Article 113 0 0 0 0

विधेयकमा प्रमाणीकरण

Assent on Bills

Share
Nepali

(१) धारा १११ बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेश गर्नु पर्नेछ । तर अर्थ विधेयकका हकमा अर्थ विधेयक हो भनी सभामुखले प्रमाणित गर्नु पर्नेछ ।

(२) यस धारा बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको विधेयक पन्ध्र दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनु पर्नेछ ।

(३) प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयक बाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको पन्ध्र दिनभित्र निजले सन्देश सहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ ।

(४) राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।

(५) राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्नेछ ।

English

(1) A Bill which is to be submitted to the President for assent under Article 111 shall be so submitted by the Speaker or the Chairperson of the House in which the Bill originated after it has been certified by him or her. Provided that in the case of a Money Bill, the Speaker shall so certify.

(2) A Bill submitted to the President for his or her assent in accordance with this Article shall be assented to within fifteen days, both Houses shall be informed thereof as soon as possible.

(3) If the President is of the opinion that any Bill, except a Money Bill, submitted for assent needs reconsideration, he or she may, within fifty days from the date of presentation of such Bill, return the Bill with his or her message to the House in which the Bill originated.

(4) If any Bill is returned with a message by the President, and both Houses reconsider, passes such Bill as it was or with amendments and submit it again, the President shall give assent to that Bill within fifteen days of such submission. 78

(5) A Bill shall become an Act after the President gives assent to it.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app