Article 157 0 0 0 0

महान्यायाधिवक्ता

Attorney General

Share
Nepali

(१) नेपालमा एक महान्यायाधिवक्ता रहनेछ ।

(२) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुिक्त गर्नेछ । प्रधानमन्त्रीले चाहेको अवधिसम्म महान्यायाधिवक्ता आफ्नो पदमा बहाल रहनेछ ।

(३) सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्तिका लागि योग्य हुनेछ ।

(४) देहायको कुनै अवस्थामा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ :–

(क) निजले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,

(ख) निजलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्त गरिएमा,

(ग) निजको मृत्यु भएमा ।

(५) महान्यायाधिवक्ताको पारिश्रमिक तथा अन्य सुविधा सर्वोच्च अदालतको न्यायाधीश सरह हुनेछ । महान्यायाधिवक्ताको सेवाका अन्य शर्त कानून बमोजिम हुनेछन् ।

English

(1) There shall be an Attorney General of Nepal.

(2) The President shall, on recommendation of the Prime Minister, appoint the Attorney General. The Attorney General shall hold office during the pleasure of the Prime Minister.

(3) A person who is qualified to be appointed as a Judge of the Supreme Court shall be eligible to be appointed as the Attorney General.

(4) The office of the Attorney General shall be vacant in any of the following circumstances:

(a) if he or she tenders resignation in writing to the President through the Prime Minister,

(b) if he or she is removed from office by the President on recommendation of the Prime Minister,

(c) if he or she dies.

(5) The remuneration and other facilities of the Attorney General shall be similar to those of a Judge of the Supreme Court. Other conditions of service of the Attorney General shall be in accordance with law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app