(१) राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेछन् ।
(२) उपधारा
(१) बमोजिम निर्वाचन गर्दा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ ।
(३) राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन् ।
(४) राष्ट्रिय सभाको अध्यक्षको अनुपस्थितिमा राष्ट्रिय सभाको उपाध्यक्षले राष्ट्रिय सभाको अध्यक्षता गर्नेछ ।
(५) राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभएको वा पद रिक्त भएको अवस्थामा राष्ट्रिय सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।
(६) देहायको कुनै अवस्थामा राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षको पद रिक्त हुनेछ :–
(क) निज राष्ट्रिय सभाको सदस्य नरहेमा,
(ख) निजले लिखित राजीनामा दिएमा,
(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव राष्ट्रिय सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।
(७) राष्ट्रिय सभाको अध्यक्षले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता राष्ट्रिय सभाको उपाध्यक्षले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा राष्ट्रिय सभाको अध्यक्षले भाग लिन र मत दिन पाउनेछ ।
(1) The members of the National Assembly shall, not later than fifteen days of the date of holding of its first meeting, elect the Chairperson and the Vice-Chairperson of the National Assembly from amongst themselves.
(2) Election under clause
(1) shall be so held that there is one woman out of the Chairperson and the Vice-Chairperson of the National Assembly.
(3) If the office of the Chairperson or Vice-Chairperson of the National Assembly falls vacant, the members of the National Assembly shall fill the vacancy by electing its Chairperson or Vice-Chairperson from amongst themselves.
(4) The Vice-Chairperson of the National Assembly shall, in the absence of its Chairperson, chair the National Assembly.
(5) If the election to the Chairperson and the Vice-Chairperson of the National Assembly is not held or if both the positions becomes vacant, the 65 member who is by age the senior-most out of the attending members shall chair the meeting of the National Assembly.
(6) The office of the Chairperson or Vice-Chairperson of the National Assembly shall become vacant in any of the following circumstances:
(a) if he or she ceases to be a member of the National Assembly,
(b) if he or she tenders resignation in writing,
(c) if a resolution is passed by a majority of two-thirds of the total number of the then members of the National Assembly that his or her conduct is not compatible with his or her office.
(7) The Vice-Chairperson of the National Assembly shall chair a meeting at which deliberations are to be held on a resolution that the conduct of the Chairperson of the National Assembly is not compatible with his or her office. The Chairperson of the National Assembly may take part and vote in the deliberations on such resolution.
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.