Article 160 0 0 0 0

मुख्य न्यायाधिवक्ता

Chief Attorney

Share
Nepali

(१) महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहनेछ ।

(२) मुख्य न्यायाधिवक्ताको नियुक्ति सम्बन्धित मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुनेछ । मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहनेछ ।

(३) उच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्ति मुख्य न्यायाधिवक्ताको पदमा नियुक्तिका लागि योग्य हुनेछ ।

(४) देहायको कुनै अवस्थामा मुख्य न्यायाधिवक्ताको पद रिक्त हुनेछ :–

(क) निजले मुख्यमन्त्री मार्फत प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा,

(ख) निजलाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले पदमुक्त गरेमा,

(ग) निजको मृत्यु भएमा ।

(५) मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुनेछ र संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ ।

(६) मुख्य न्यायाधिवक्ताको कार्यालय अन्तर्गतका कर्मचारीहरूको व्यवस्थापन महान्यायाधिवक्ताको कार्यालयले गर्नेछ ।

(७) मुख्य न्यायाधिवक्ताको पारिश्रमिक तथा अन्य सुविधा उच्च अदालतको न्यायाधीश सरह हुनेछ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त प्रदेश कानून बमोजिम हुनेछ ।

English

(1) There shall be a Chief Attorney in every State, who shall be subordinate to the Attorney General.

(2) The Chief of State shall, on recommendation of the concerned Chief Minister, appoint the Chief Attorney. The Chief Attorney shall hold office during the pleasure of the Chief Minister.

(3) A person who is qualified to be appointed as a Judge of High Court shall be eligible to be appointed as the Chief Attorney.

(4) The office of the Chief Attorney shall be vacant in any of the following circumstances: 106

(a) if he or she tenders resignation in writing to the Chief of State through the Chief Minister,

(b) if he or she is removed from office by the Chief of State on recommendation of the Chief Minister,

(c) if he or she dies.

(5) The Chief Attorney shall be the chief legal advisor to the State Government. It shall be the duty of the Chief Attorney to give opinions and advices on constitutional and legal matters to the State Government and such other authorities as the State Government may specify.

(6) The Office of Attorney General shall manage the employees under the Office of Chief Attorney.

(7) The remuneration and other facilities of the Chief Attorney shall be similar to those of a Judge of High Court. The functions, duties and powers and other conditions of service of the Chief Attorney shall be as provided for in the State law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app