Article 223 0 0 0 0

नगर सभाको गठन

Composition of Municipal Assembly

Share
Nepali

(१) प्रत्येक नगरपालिकामा एक नगर सभा रहनेछ ।

(२) उपधारा

(१) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा

(४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिकाका सदस्य रहनेछन् ।

(३) उपधारा

(१) बमोजिम गठन हुने नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।

(४) संघीय कानून बमोजिम नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ । त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ ।

(५) अठार वर्ष उमेर पूरा भएको नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानून बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।

(६) देहायको योग्यता भएको व्यक्ति नगर सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछ :–

(क) नेपाली नागरिक,

(ख) एक्काइस वर्ष उमेर पूरा भएको,

(ग) नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र

(घ) कुनै कानूनले अयोग्य नभएको ।

(७) नगर सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

English

(1) Each Municipality shall have a Municipal Assembly.

(2) A Municipal Assembly under clause

(1) shall consist of the Mayor and the Deputy Mayor of the Municipal Executive, Ward Chairpersons, and four members elected from each Ward and members of the Municipal Executive elected from Dalit or minority communities pursuant to clause

(4) of Article 216.

(3) A Municipal Assembly to be formed under clause

(1) shall have representation of at least two women from each Ward.

(4) Each ward of a Municipality shall have a Ward Committee composed of one Ward Chairperson and four members as provided for in the Federal law. Such Ward Chairperson and Ward members shall be elected in accordance with the first past the post electoral system.

(5) Every person who has completed the age of eighteen years and whose name is included in the electoral rolls of the Municipality shall have a right to vote as provided for in the Federal law.

(6) A person who has the following qualification shall be qualified to be a candidate for the office of member of the Municipal Assembly:

(a) being a citizen of Nepal, 141

(b) having completed the age of twenty one years,

(c) being his or her name included in the electoral rolls of the Municipality, and

(d) not being disqualified by any law.

(7) Matters relating to the election to the Municipal Assembly and other matters pertaining thereto shall be as provided for in the Federal law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app