Article 86 0 0 0 0

राष्ट्रिय सभाको गठन र सद

Composition of National Assembly and term of office of its members

Share
Nepali

यहरूको पदावधि :

(१) राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ ।

(२) राष्ट्रिय सभामा देहाय बमोजिमका उनान्साठी सदस्य रहनेछन् :–

(क) प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानून बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरीे निर्वाचित छपन्न जना,

(ख) नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना ।

(३) राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिनेछ ।

(४) यो संविधान प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरूको पदावधि प्रारम्भ भएको मानिनेछ ।

(५) राष्ट्रिय सभाको रिक्त हुन आउने स्थानको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरीकाले भएको थियो सोही तरीकाले बाँकी अवधिका लागि गरिनेछ ।

(६) राष्ट्रिय सभाका सदस्यको निर्वाचन सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

English

(1) The National Assembly shall be a permanent House.

(2) The National Assembly shall consist of fifty nine members as follows:

(a) fifty six elected members consisting of at least three women, one Dalit and one from persons with disabilities or minorities, from each State by an electoral college composed of members of the State Assembly, chairpersons and vice-chairpersons of the Village Bodies, and Mayors and Deputy-Mayors of the Municipalities, with different weightage of vote by members of the State Assembly, chairpersons and vice-chairpersons of the Village Bodies, and Mayors and Deputy-Mayors of the Municipalities, as provided for in the Federal law,

(b) Three members consisting of at least one woman nominated by the President on recommendation of the Government of Nepal.

(3) The term of office of the members of the National Assembly shall be six years. The term of office of one third of the members of the National Assembly shall expire in every two years. Provided that, for the first time, after the commencement of this Constitution, arrangements shall be made by drawing lots to retire one-third of 61 the members on the expiry of two years, another one-third on the expiry of four years, and the final one-third on the expiry of six years.

(4) In computing the term of office of the members of the National Assembly for the first time after the commencement of this Constitution, the term of office of all members shall be deemed to have commenced on the day on which the first session of the National Assembly is held.

(5) Any vacancy of seat in the National Assembly shall be filled for the remainder of the term of office in the same manner of election or nomination as in which the seat of the vacating member was filled.

(6) Other matters relating to election to the members of the National Assembly shall be as provided for in the Federal law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app