(१) प्रत्येक प्रदेश सभामा देहाय बमोजिमको संख्यामा सदस्य रहनेछन् :–
(क) सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य,
(ख) खण्ड
(क) बमोजिम कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य ।
(२) उपधारा
(१) को खण्ड
(क) बमोजिमको सदस्य निर्वाचनका लागि भूगोल र जनसंख्याको आधारमा संघीय कानून बमोजिम निर्वाचन क्षेत्र कायम गरिनेछ ।
(३) प्रदेश सभाका साठी प्रतिशत सदस्यहरू पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम र चालीस प्रतिशत सदस्यहरू समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुनेछन् ।
(४) उपधारा
(३) बमोजिम हुने प्रदेश सभा सदस्यको निर्वाचन कानून बमोजिम वालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा हुनेछ ।
(५) अठार वर्ष उमेर पूरा भएको प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने प्रत्येक नेपाली नागरिकलाई कानून बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ ।
(६) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व हुने व्यवस्था संघीय कानून बमोजिम हुनेछ । त्यसरी उम्मेदवारी दिंदा सम्बन्धित प्रदेशको भौगोलिक सन्तुलनलाई समेत ध्यान दिनु पर्नेछ । स्पष्टीकरण : यस भागको प्रयोजनका लागि “खस आर्य” भन्नाले क्षेत्री, ब्राम्हण, ठकुरी, संन्यासी (दशनामी) समुदाय सम्झनु पर्छ ।
(७) उपधारा
(६) बमोजिम राजनीतिक दलले उम्मेदवारी दिंदा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नु पर्नेछ ।
(८) प्रदेश सभाको कार्यकाल छ महीना भन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ ।
(९) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा
(१) को खण्ड
(क) बमोजिम निर्वाचित सदस्यहरू मध्ये कुनै राजनीतिक दलको एक तिहाइ सदस्य महिला निर्वाचित नभएमा त्यस्तो राजनीतिक दलले सोही उपधाराको खण्ड
(ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट प्रदेश सभामा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।
(१०) प्रदेश सभाको सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्ने अधिकार पाएको धारा १७८ बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्ति कानूनको अधीनमा रही प्रदेशको कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउनेछ । तर एउटै व्यक्ति एक भन्दा बढी निर्वाचन क्षेत्रमा एकै पटक उम्मेदवार हुन पाउने छैन ।
(११) प्रदेश सभाको निर्वाचन सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
(1) Each State Assembly shall consist of a number of members, as follows:
(a) Members in a number that is twice as many as the number of members elected to the House of Representatives from the concerned State, through the first past the post electoral system,
(b) The number of members to be set under clause
(a) shall be considered to be sixty percent, and the rest forty percent members to be elected, through the proportional electoral system.
(2) Election constituencies shall be set on the basis of geography and population as provided for in the Federal law, for the election to members under sub-clause
(a) of clause
(1).
(3) Sixty percent members of the State Assembly shall be elected in accordance with the first past the post electoral system and the forty percent members in accordance with the proportional electoral system.
(4) Election to the members of the State Assembly under clause
(3) shall be held through adult suffrage by secret ballots in accordance with law.
(5) Each citizen of Nepal who resides within the territory of the State and who has completed the age of eighteen years shall have a right to vote in any one election constituency in accordance with law.
(6) The Federal law shall provide that, in fielding candidacy by political parties for the election to the State Assembly under the proportional electoral system, representation shall be ensured on the basis of a closed list 115 also from women, Dalit, indigenous, indigenous nationalities, Khas Arya, Madhesi, Tharu, Muslims and backward regions, minority communities, on the basis of population. In so fielding candidacy, regard shall also be had to geographical balance of the concerned State. Explanation: For the purposes of this clause, "Khas Arya" means Kshetri, Brahmin, Thakuri, Sanyasi (Dashnami) community.
(7) In fielding candidacy under clause
(6), political parties must provide for representation of the persons with disabilities as well.
(8) If the seat of a member of the State Assembly falls vacant while its term still remains for more than six months, the vacancy shall be filled through the same electoral system as through which such seat was filled in.
(9) Notwithstanding anything contained elsewhere in this Article, at least one third of the total number of members elected from each political party representing in the State Assembly must be women. If women are not so elected as to constitute one third of the elected members of any political party under sub-clause
(a) of clause
(1), such political party must, in electing members under sub-clause
(b) of that clause, so elect that women members constitute at least one third of the total number of members elected to the State Assembly from that party.
(10) A person who is qualified under Article 178 and entitled to vote in an election to the members of the State Assembly may, subject to law, be a candidate in any election constituency of the State. Provided that a person shall not be a candidate in more than one election constituencies at the same time.
(11) Other provisions relating to election to the State Assembly shall be as provided for in the Federal law. 116
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.