Article 76 0 0 0 0

मन्त्रिपरिषदको गठन

Constitution of Council of Ministers

Share
Nepali

(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।

(२) उपधारा

(१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।

(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा

(२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा

(४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।

(४) उपधारा

(२) वा

(३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

(५) उपधारा

(३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा

(४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा

(२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।

(६) उपधारा

(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा

(४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

(७) उपधारा

(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

(८) यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।

(९) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ । स्पष्टीकरण : यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।

(१०) प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन् ।

English

(1) The President shall appoint the leader of a parliamentary party that commands majority in the House of Representatives as the Prime Minister, and the Council of Ministers shall be constituted under his or her chairpersonship.

(2) In cases where no party has a clear majority in the House of Representatives under clause

(1), the President shall appoint as the Prime Minister a member of the House of Representatives who can command majority with the support of two or more parties representing to the House of Representatives. 54

(3) In cases where Prime Minister cannot be appointed under clause

(2) no later than thirty days after the date of declaration of the final results of election to the House of Representatives or the Prime Minister so appointed fails to secure a vote of confidence under clause

(4), the President shall appoint as the Prime Minister the parliamentary party leader of the party which has the highest number of members in the House of Representatives.

(4) The Prime Minister appointed under clause

(2) or

(3) shall obtain a vote of confidence from the House of Representatives no later than thirty days after the date of such appointment.

(5) In cases where the Prime Minister appointed under clause

(3) fails to obtain a vote of confidence under clause

(4) and any member under clause

(2) presents a ground on which he or she can obtain a vote of confidence in the House of Representatives, the President shall appoint such member as the Prime Minister.

(6) The Prime Minister appointed under clause

(5) must obtain a vote of confidence under clause

(4).

(7) In cases where the Prime Minister appointed under clause

(5) fails to obtain a vote of confidence or the Prime Minister cannot be appointed, the President shall, on recommendation of the Prime Minister, dissolve the House of Representatives and appoint a date of election so that the election to another House of Representatives is completed within six months.

(8) Procedures on the appointment of the Prime Minister under this Article must be completed no later than thirty five days after the date of declaration of the final results of election to the House of Representatives held under this Constitution or the date on which the office of the Prime Minister has fallen vacant. 55

(9) The President shall, on recommendation of the Prime Minister, constitute the Council of Ministers comprising a maximum of twenty five Ministers including the Prime Minister, in accordance with the inclusive principle, from amongst the members of the Federal Parliament. Explanation: For the purposes of this Article, "Minister" means a Deputy Prime Minister, Minister, Minister of State and Assistant Minister.

(10) The Prime Minister and Ministers shall be collectively responsible to the Federal Parliament, and the Ministers shall be individually responsible for the work of their respective Ministries to the Prime Minister and the Federal Parliament.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app