Article 168 0 0 0 0

प्रदेश मन्त्रिपरिषदको गठन

Constitution of State Council of Ministers

Share
Nepali

(१) प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ ।

(२) उपधारा

(१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।

(३) प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा

(२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा

(४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।

(४) उपधारा

(२) वा

(३) बमोजिम नियुक्त मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

(५) उपधारा

(३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा

(४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा

(२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।

(६) उपधारा

(५) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा

(४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

(७) उपधारा

(५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाइ र् विघटन गरी छ महीनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ ।

(८) यस संविधान बमोजिम भएको प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।

(९) प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य संख्याको बीस प्रतिशत भन्दा बढी नहुने गरीे प्रदेश मन्त्रिपरिषद गठन गर्नेछ । स्पष्टीकरण : यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।

(१०) मुख्यमन्त्री र मन्त्री सामूहिक रूपमा प्रदेश सभाप्रति उत्तरदायी हुनेछन् र मन्त्रीहरू आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा मुख्यमन्त्री र प्रदेश सभाप्रति उत्तरदायी हुनेछन् ।

English

(1) The Chief of State shall appoint the leader of the parliamentary party commanding a majority in the State Assembly as the Chief Minister, and the State Council of Ministers shall be constituted under his or her chairpersonship.

(2) In cases where no party has a clear majority in the State Assembly under clause

(1), the Chief of State shall appoint as the Chief Minister a member of the State Assembly who can command majority with the support of two or more parties representing to the State Assembly.

(3) In cases where the Chief Minister cannot be appointed under clause

(2) no later than thirty days after the date of declaration of the final results of election to the State Assembly or the Chief Minister so appointed fails to secure a vote of confidence under clause

(4), the Chief of State shall appoint as the Chief Minister the parliamentary party leader of the party which has the highest number of members in the State Assembly.

(4) The Chief Minister appointed under clause

(2) or

(3) shall obtain a vote of confidence from the State Assembly no later than thirty days after the date of such appointment.

(5) In cases where the Chief Minister appointed under clause

(3) fails to obtain a vote of confidence under clause

(4) and any member under 110 clause

(2) presents a ground on which he or she can obtain a vote of confidence in the State Assembly, the Chief of State shall appoint such a member as the Chief Minister.

(6) The Chief Minister appointed under clause

(5) must obtain a vote of confidence under clause

(4).

(7) In cases where the Chief Minister appointed under clause

(5) fails to obtain a vote of confidence or the Chief Minister cannot be appointed, the Chief of State shall, on recommendation of the Chief Minister, dissolve the State Assembly and appoint a date of election so that the election to another State Assembly is completed within six months.

(8) Procedures on the appointment of the Chief Minister under this Article must be completed no later than thirty five days after the date of declaration of the final results of election to the State Assembly held under this Constitution or the date on which the office of the Chief Minister has fallen vacant.

(9) The Chief of State shall, on recommendation of the Chief Minister, constitute the State Council of Ministers consisting of a maximum of twenty percent of the total number of members of the State Assembly, including the Chief Minister, in accordance with the inclusive principle, from amongst the members of the State Assembly. Explanation: For the purposes of this Article, "Minister" means a Minister, Minister of State and Assistant Minister.

(10) The Chief Minister and Ministers shall be collectively responsible to State Assembly, and the Ministers shall be individually responsible for the work of their respective Ministries to the Chief Minister and the State Assembly. 111

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app