Article 57 0 0 0 0

राज्यशक्तिको बाँडफाँड

Distribution of State power

Share
Nepali

(१) संघको अधिकार अनुसूची–५ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र संघीय कानून बमोजिम हुनेछ ।

(२) प्रदेशको अधिकार अनुसूची–६ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र प्रदेश कानून बमोजिम हुनेछ ।

(३) संघ र प्रदेशको साझा अधिकार अनुसूची–७ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान, संघीय कानून र प्रदेश कानून बमोजिम हुनेछ ।

(४) स्थानीय तहको अधिकार अनुसूची–८ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र गाउँ सभा वा नगर सभाले बनाएको कानून बमोजिम हुनेछ ।

(५) संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसूची–९ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र संघीय कानून, प्रदेश कानून र गाउँ सभा वा नगर सभाले बनाएको कानून बमोजिम हुनेछ ।

(६) उपधारा

(३) वा

(५) बमोजिम प्रदेश सभा, गाउँ सभा वा नगर सभाले कानून बनाउँदा संघीय कानूनसँग नबाझिने गरी बनाउनु पर्नेछ र प्रदेश सभा, गाउँ सभा वा नगर सभाले बनाएको त्यस्तो कानून संघीय कानूनसँग बाझिएमा बाझिएको हदसम्म आमान्य हुनेछ ।

(७) उपधारा

(५) बमोजिम गाउँ सभा वा नगर सभाले कानून बनाउँदा प्रदेश कानूनसँग नबाझिने गरी बनाउनु पर्नेछ र गाउँ सभा वा नगर सभाले बनाएको त्यस्तो कानून प्रदेश कानूनसँग बाझिएमा बाझिएको हदसम्म आमान्य हुनेछ ।

English

(1) The powers of the Federation shall be vested in the matters enumerated in Schedule-5, and such powers shall be exercised pursuant to this Constitution and the Federal law. 45

(2) The powers of a State shall be vested in the matters enumerated in Schedule-6, and such powers shall be exercised pursuant to this Constitution and the State law.

(3) The concurrent powers of the Federation and the State shall be vested in the matters enumerated in Schedule-7, and such powers shall be exercised pursuant to this Constitution, the Federal law and the State law.

(4) The powers of the Local level shall be vested in the matters enumerated in Schedule-8, and such powers shall be exercised pursuant to this Constitution and the law made by the Village Assembly or Municipal Assembly.

(5) The concurrent powers of the Federation, State and Local levels shall be vested in the matters enumerated in Schedule-9, and such powers shall be exercised pursuant to this Constitution, the Federal law, the State law and the law made by the Village Assembly or Municipal Assembly.

(6) Any law to be made by the State Assembly, Village Assembly or Municipal Assembly pursuant to clause

(3) or

(5) shall be so made as not to be inconsistent with the Federal law, and any law made by the State Assembly, Village Assembly or Municipal Assembly which is inconsistent with the Federal law shall be invalid to the extent of such inconsistency.

(7) Any law to be made by the Village Assembly or Municipal Assembly pursuant to clause

(5) shall be so made as not to be inconsistent with the State law, and any law made by the Village Assembly or Municipal Assembly which is inconsistent with the State law shall be invalid to the extent of such inconsistency.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app