Article 119 0 0 0 0

राज

Estimates of revenues and expenditures

Share
Nepali

व र व्ययको अनुमान :

(१) नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा देहायका विषयहरू समेत खुलाई वार्षिक अनुमान पेश गर्नु पर्नेछ :–

(क) राजस्वको अनुमान,

(ख) संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू, र

(ग) संघीय विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरू ।

(२) उपधारा

(१) बमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेश गर्नु पर्नेछ ।

(३) नेपाल सरकारको अर्थमन्त्रीले उपधारा

(१) बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको पन्ध्र गते संघीय संसदमा पेश गर्नेछ ।

English

(1) The Minister for Finance of the Government of Nepal shall, in respect of every financial year, lay before the joint sitting of both Houses of the Federal Parliament an annual estimate setting out, inter alia, the following matters:

(a) an estimate of revenues,

(b) the moneys required to meet the charges on the Federal Consolidated Fund, and

(c) the moneys required to meet the expenditure to be provided for by a Federal Appropriation Act.

(2) The annual estimate to be laid pursuant to clause

(1) shall also be accompanied by a statement of the expenses allocated to every Ministry in the previous financial year and particulars of whether the objectives of the expenses have been achieved.

(3) The Minister for Finance of the Government of Nepal shall lay before the Federal Parliament an estimate of revenues and expenditures under clause

(1) on the 15th day of Jesta (mid May) each year.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app