Nepali

व र व्ययको अनुमान :

(१) प्रदेशको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा प्रदेश सभा समक्ष देहायका कुरा समेत खुलाई वार्षिक अनुमान पेश गर्न सक्नेछ :–

(क) राजस्वको अनुमान,

(ख) प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू, र

(ग) प्रदेश विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरू ।

(२) उपधारा

(१) बमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेश गर्नु पर्नेछ ।

English

(1) The State Minister for Finance shall, in respect of every financial year, lay before the State Assembly an annual estimate setting out, inter alia, the following matters:

(a) an estimate of revenues,

(b) the moneys required to meet the charges on the State Consolidated Fund, and

(c) the moneys required to meet the expenditure to be provided for by a State Appropriation Act.

(2) The annual estimate to be laid pursuant to clause

(1) shall also be accompanied by a statement of the expenses allocated to every Ministry in the 131 previous financial year and particulars of whether the objectives of the expenses have been achieved.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app