Article 214 0 0 0 0

Executive power of Local Level

Share
Nepali

थानीय तहको कार्यकारिणी अधिकार :

(१) स्थानीय तहको कार्यकारिणी अधिकार यो संविधान र संघीय कानूनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहित रहनेछ ।

(२) स्थानीय कार्यकारिणी अधिकार अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

(३) यो संविधान र अन्य कानूनको अधीनमा रही गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको हुनेछ ।

(४) गाउँपालिका र नगरपालिकाका कार्यकारिणी कार्य गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुनेछ ।

(५) उपधारा

(४) बमोजिम गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण स्थानीय कानून बमोजिम हुनेछ ।

English

(1) The executive power of the Local Level shall, pursuant to this Constitution and the Federal law, be vested in the Village Executive or the Municipal Executive.

(2) The local executive power shall be as mentioned in Schedule-8 and Schedule-9.

(3) The responsibility for issuing general directives, controlling and regulating the governance of the Village Body and the Municipality shall, subject to this Constitution and other laws, lie in the Village Executive and the Municipal Executive.

(4) The executive functions of the Village Body and the Municipality shall be performed in the name of the Village Executive and the Municipal Executive.

(5) Any decision or order to be issued in the name of the Village Executive and the Municipal Executive pursuant to clause

(4) and other instruments of authorization pertaining thereto shall be authenticated as provided for in the Local law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app