Article 101 0 0 0 0

महाभियोग

Impeachment

Share
Nepali

(१) यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुनेछ ।

(२) या े संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ ।

(३) उपधारा

(२) बमोजिमको कुनै व्यक्तिका े विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा एक महाभियोग सिफारिस समिति रहनेछ ।

(४) उपधारा

(३) बमोजिमको समितिमा प्रतिनिधि सभाका एघार जना सदस्य रहनेछन् ।

(५) उपधारा

(२) बमोजिम महाभियोगबाट पदमुक्त हुने व्यक्तिल े संविधानको गम्भीर उल्लंघन गरेको वा कार्यक्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी प्रतिनिधि सभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा उपधारा

(३) बमोजिमको समितिले त्यस्तो उजुरीमाथि संघीय कानून बमोजिम छानबिन गरी महाभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधि सभा समक्ष सिफारिस गरेमा उपधारा

(२) बमोजिम महाभियोगको प्रस्ताव पेश हुन सक्नेछ ।

(६) उपधारा

(२) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन ।

(७) उपधारा

(१) वा

(२) बमोजिम महाभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

(८) यस धारा बमोजिम महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएका राष्ट्रपति वा उपराष्ट्रपति, नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा संघीय कानून बमोजिम कारबाही गर्न बाधा पर्ने छैन ।

(९) उपधारा

(१) वा

(२) बमोजिम महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन सक्ने छैन ।

(१०) महाभियोग सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

English

(1) One fourth of the total number of the then members of the House of Representatives may move a motion of impeachment against the President or Vice-President on the ground of serious violation of this Constitution and the Federal law. If the motion is passed by at least two thirds majority of the total number of the then members of both Houses of the Federal Parliament, he or she shall relive of his or her office.

(2) One fourth of the total number of the then members of the House of Representatives may move a motion of impeachment against the Chief Justice of Nepal or a Judge of the Supreme Court, member of the Judicial Council, chief or official of a Constitutional Body on the ground of his or her failure to fulfil his or her duties of office because of serious violation of this Constitution and law, incompetence or misconduct or failure to discharge the 69 duties of office honestly or serious violation of the code of conduct. If the motion is passed by at least two thirds majority of the total number of the then members of the House of Representatives, the concerned person shall relieve of his or her office.

(3) There shall be an impeachment recommendation committee in the House of Representatives for the purpose of making recommendation after inquiring into whether there exist the ground and reason for moving a motion of impeachment against any person under clause

(2).

(4) The committee under clause

(3) shall consist of eleven members of the House of Representatives.

(5) If at least three members of the House of Representatives certify and submit a petition that the received information, notice or petition is admissible on the ground of serious violation of the Constitution or incompetence or misconduct or failure to discharge the duties of office honestly or serious violation of the code of conduct by the person relieving of office on impeachment under clause

(2), and the committee under clause

(3), upon inquiring into such petition in accordance with Federal law, makes recommendation to the House of Representatives for impeachment proceedings, a motion of impeachment under clause

(2) may be moved.

(6) After the commencement of impeachment proceedings under clause

(2), the Chief Justice of Nepal or Judge of the Supreme Court, member of the Judicial Council, chief or official of the Constitutional Body shall not be allowed to discharge the duties of his or her office pending the settlement of such proceedings.

(7) A person who is charged with impeachment under clause

(1) or

(2) shall be provided with a reasonable opportunity to defend himself or herself. 70

(8) Nothing shall bar the taking of action under the Federal law in relation to the offence, if any, committed while in office by the President or Vice-President, Chief Justice of Nepal or a Judge of the Supreme Court of Nepal, member of the Judicial Council, chief or official of a Constitutional Body who is relieved of office upon the passage of a motion of impeachment under this Article.

(9) A person who is relieved of office on the passage of a motion of impeachment under clause

(1) or

(2) shall not be entitled to obtain any facility accruing from such office and to be appointed or nominated to any public office in the future.

(10) Other matters relating to impeachment shall be as provided for in the Federal law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app