Article 144 0 0 0 0

उच्च अदालतको अधिकार क्षेत्र

Jurisdiction of High Court

Share
Nepali

(१) यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै कानूनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने अधिकार उच्च अदालतलाई हुनेछ ।

(२) उपधारा

(१) को प्रयोजनका लागि उच्च अदालतले बन्दीप्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा लगायत जुनसुकै उपयुक्त आदेश जारी गर्न सक्नेछ । तर अधिकार क्षेत्रको अभाव भएकोमा बाहेक संघीय संसद वा प्रदेश सभाको आन्तरिक काम कारबाही र संघीय संसद वा प्रदेश सभाले चलाएको विशेषाधिकारको कारबाही र तत्सम्बन्धमा तोकेको सजायमा यस उपधारा बमोजिम उच्च अदालतले हस्तक्षेप गर्ने छैन ।

(३) उच्च अदालतलाई संघीय कानून बमोजिम शुरू मुद्दा हेर्ने, पुनरावेदन सुन्ने र साधक जाँच्ने अधिकार हुनेछ ।

(४) उच्च अदालतको अन्य अधिकार तथा कार्यविधि संघीय कानून बमोजिम हुनेछ ।

English

(1) The High Court shall have the power to issue necessary and appropriate orders, for the enforcement of the fundamental rights conferred by this Constitution or for the enforcement of any other legal right for which no other remedy has been provided or for which the remedy even though provided appears to be inadequate or ineffective or for the settlement of any legal question involved in any dispute of public interest or concern,

(2) For the purposes of clause

(1), the High Court may issue appropriate orders and writs including the writs of habeas corpus, mandamus, certiorari, prohibition and quo warranto. Provided that except on the ground of absence of jurisdiction, the High Court shall not under this clause interfere with any internal proceedings of the Federal Parliament or State Assembly, and with any proceedings instituted by the Federal Parliament or State Assembly concerning violation of its privileges and penalties imposed therefor.

(3) The High Court shall, in accordance with the Federal law, have the power to originally try and settle cases, hear appeals and test judgments referred for confirmation.

(4) Other powers and procedures of the High Court shall be as provided by the Federal law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app