(१) नेपालमा एक राष्ट्रिय मानव अधिकार आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् ।
(२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ ।
(३) राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ ।
(४) उपधारा
(२) बमोजिम नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति हुन सक्ने छैन । तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिनेछ र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ ।
(५) उपधारा
(३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको पद रिक्त हुनेछ :–
(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
(ग) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा,
(घ) निजको मृत्यु भएमा ।
(६) देहायको योग्यता भएको व्यक्ति राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि योग्य हुनेछ :–
(क) अध्यक्षको हकमा मानव अधिकारको संरक्षण र संवर्धनको क्षेत्रमा विशिष्ट योगदान प्रुयाएका प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पदबाट सेवानिवृत्त व्यक्ति वा मानव अधिकारको संरक्षण र संवर्धन वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशिष्ट योगदान प्रुयाई ख्यातिप्राप्त गरेको,
(ख) सदस्यको हकमा मानव अधिकारको संरक्षण र संवर्धन, बालबालिकाको हकहितको क्षेत्रमा कार्यरत वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशिष्ट योगदान प्रुयाई ख्यातिप्राप्त गरेको,
(ग) मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको,
(घ) पैंतालिस वर्ष उमेर पूरा गरेको,
(ङ) नियुक्ति हुँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,
(च) उच्च नैतिक चरित्र भएको ।
(७) राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवाका शर्त संघीय कानून बमोजिम हुनेछ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्य आफ्नो पदमा बहाल रहेसम्म निजहरूलाई मर्का पर्ने गरी पारिश्रमिक र सेवाका शर्त परिवर्तन गरिने छैन । तर चरम आर्थिक विश्रृंखलताका कारण संकटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
(८) राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन । तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा प्रुयाएको मानिने छैन ।
(1) There shall be a National Human Rights Commission of Nepal, consisting of a Chairperson and four other members.
(2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members.
(3) The term of office of the Chairperson and members of the National Human Rights Commission shall be six years from the date of appointment.
(4) The Chairperson and members appointed under clause
(2) shall not be eligible for reappointment. Provided that a Member may be appointed to the office of Chairperson, and when a member is so appointed as the Chairperson, his or her term of office shall be so computed as to include his or her term as the Member.
(5) Notwithstanding anything contained in clause
(3), the office of the Chairperson or member of the National Human Rights Commission shall be vacant in any of the following circumstances:
(a) if he or she tenders resignation in writing to the President,
(b) if a motion of impeachment is passed against him or her under Article 101,
(c) if he or she is removed from office by the President on recommendation of the Constitutional Council on grounds of his or her inability to hold office and discharge the functions due to physical or mental illness,
(d) if he or she dies. 163
(6) A person shall be eligible to be appointed as the Chairperson or a member of the National Human Rights Commission if he or she possesses the following qualification:
(a) in the case of the Chairperson, being a retired Chief Justice or retired Judge of the Supreme Court and having rendered outstanding contribution to the protection and promotion of human rights or being a renowned person having been active for at least twenty years in and rendered outstanding contribution to the protection and promotion of human rights or to various fields of national life,
(b) in the case of a Member, being a person being involved in the field of the protection and promotion of human rights or rights and interests of the child or being a renowned person having been active for at least twenty years in and rendered outstanding contribution to various fields of national life,
(c) holding a bachelor's degree from a recognized university,
(d) having attained the age of forty five years,
(e) not being a member of any political party at the time of appointment,
(f) being of high moral character.
(7) The remuneration and other conditions of service of the Chairperson and members of the National Human Rights Commission shall be as provided for in the Federal law. The remuneration and conditions of service of the Chairperson and members of the National Human Rights Commission shall not, so long as they hold office, be altered to their disadvantage. Provided that this provision shall not apply in cases where a state of emergency is declared because of extreme economic disarrays. 164
(8) A person once appointed as the Chairperson or a member of the National Human Rights Commission shall not be eligible for appointment in other government service. Provided that nothing in this clause shall be deemed to be a bar to the appointment to any political position or to any position which has the responsibility of making investigations, inquiries or findings on any subject, or to any position which has the responsibility of submitting advice, opinion or recommendation after carrying out a study or research on any subject.
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.