राज्यले देहायका नीतिहरू अवलम्बन गर्नेछ :–
(क) राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति :
(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकता अक्षुण्ण राख्ने,
(२) विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्धन गर्ने,
(३) राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने,
(४) सर्वांगीण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने,
(५) राष्ट्रिय सुरक्षा नीतिका आधारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बल नेपाल लगायत सबै सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने,
(६) राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने,
(७) पूर्व कर्मचारी, सैनिक र प्रहरी लगायतका पूर्व राष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने ।
(ख) राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति :
(१) राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने,
(२) मानव अधिकारको संरक्षण र संवर्धन गर्दै विधिको शासन कायम राख्ने,
(३) नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयन गर्ने,
(४) सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने,
(५) आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने,
(६) संघीय इकाइबीच जिम्मेवारी, स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने ।
(ग) सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति :
(१) स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने,
(२) ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचार प्रसार गर्ने,
(३) सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवर्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने,
(४) राष्ट्रिय सम्पदाको रूपमा रहेका कला, साहित्य र सङ्गीतको विकासमा जोड दिने,
(५) समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त गर्ने,
(६) देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने,
(७) बहुभाषिक नीति अवलम्बन गर्ने ।
(घ) अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति :
(१) सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने,
(२) अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिदै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने,
(३) सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने,
(४) आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता, जवाफदेही र प्रतिस्पर्धा कायम गर्न नियमनको व्यवस्था गर्दै सर्वांगीण राष्ट्रिय विकासमा प्रोत्साहन र परिचालन गर्ने,
(५) उपलब्ध साधन, स्रोत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने,
(६) तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी उद्योगको विकास र विस्तारद्वारा निर्यात प्रवर्धन गर्दै वस्तु तथा सेवाको बजार विविधीकरण र विस्तार गर्ने,
(७) कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने,
(८) राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राष्ट्रिय उद्योगधन्दा र साधन स्रोतको संरक्षण र प्रवर्धन गरी नेपाली श्रम, सीप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने,
(९) राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिने,
(१०) राष्ट्रिय हित अनुकूल आयात प्रतिस्थापन, निर्यात प्रवर्धनका क्षेत्रमा वैदेशिक पूँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्दै पूर्वाधार विकासमा प्रोत्साहन एवं परिचालन गर्ने,
(११) वैदेशिक सहायता लिंदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित गर्ने,
(१२) गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने,
(१३) औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय परियोजना, विदेशी लगानीका परियोजनाको सन्दर्भमा अन्तर प्रदेश तथा प्रदेश र संघ बीच समन्वय स्थापित गराई आर्थिक विकासलाई गतिशीलता प्रदान गर्ने ।
(ङ) कृषि र भूमिसुधार सम्बन्धी नीति :
(१) भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने,
(२) अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
(३) किसानको हक हित संरक्षण र संवर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने,
(४) भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने,
(५) कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने ।
(च) विकास सम्बन्धी नीति :
(१) क्षेत्रीय सन्तुलन सहितको समावेशी आर्थिक विकासका लागि क्षेत्रीय विकासको योजना अन्तर्गत दिगो सामाजिक आर्थिक विकासका रणनीति र कार्यक्रमहरू तर्जुमा गरी समन्वयात्मक तवरले कार्यान्वयन गर्ने,
(२) विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिंदै सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा भौतिक पूर्वाधारको विकास गर्ने,
(३) विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने,
(४) वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने,
(५) राष्ट्रिय आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरी त्यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने,
(६) विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिंदै आम जनताले न्यायोचित रूपमा पाउने व्यवस्था गर्ने,
(७) एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरू एकीकृत रूपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने,
(८) जनसांख्यिक तथ्यांकलाई अद्यावधिक गर्दै राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने ।
(छ) प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्धन र उपयोग सम्बन्धी नीति :
(१) राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने,
(२) जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिंदै जलस्रोतको बहुउपयोगी विकास गर्ने,
(३) नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने,
(४) जलउत्पन्न प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिंचाइको विकास गर्ने,
(५) जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने,
(६) वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने,
(७) प्रकृति, वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव निर्मूल वा न्यून गर्न उपयुक्त उपायहरू अवलम्बन गर्ने,
(८) वातावरण प्रदूषण गर्नेले सो बापत दायित्व ब्यहोर्नुपर्ने तथा वातावरण संरक्षणमा पूर्वसावधानी र पूर्वसूचित सहमति जस्ता पर्यावरणीय दिगो विकासका सिद्धान्त अवलम्बन गर्ने,
(९) प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्व सूचना, तयारी, उद्धार, राहत एवं पुनर्स्थापना गर्ने ।
(ज) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति :
(१) शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने,
(२) शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,
(३) उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँच योग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने,
(४) नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने,
(५) नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने,
(६) गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नर्,े
(७) नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने,
(८) स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,
(९) स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिंदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने,
(१०) नेपालको क्षमता र आवश्यकताका आधारमा जनसंख्या व्यवस्थापनका लागि परिवार नियोजनलाई प्रोत्साहित गर्दै मातृ शिशु मृत्युदर घटाई औसत आयु बढाउने,
(११) अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनाबद्ध र व्यवस्थित बस्ती विकास गर्ने,
(१२) कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यता अनुरूप जलवायु र माटो अनुकूलको खाद्यान्न उत्पादनलाई प्रोत्साहन गरी खाद्यान्नको दिगो उत्पादन, आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्था गर्ने,
(१३) आधारभूत वस्तु तथा सेवामा सबै नागरिकहरूको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई योजनाबद्ध आपूर्तिको व्यवस्था गर्ने,
(१४) यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिंदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्ति अनुकूल बनाउने,
(१५) नागरिकका े स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने ।
(झ) श्रम र रोजगार सम्बन्धी नीति :
(१) सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने,
(२) मर्यादित श्रमको अवधारणा अनुरूप सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने,
(३) बालश्रम लगायत श्रम शोषणका सबै रूपका े अन्त्य गर्ने,
(४) श्रमिक र उद्यमी व्यवसायीबीच सुसम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागिता प्रोत्साहन गर्ने,
(५) वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने,
(६) वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने ।
(ञ) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति :
(१) असहाय अवस्थामा रहेका एकल महिलालाई सीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिंदै जीविकोपार्जनका लागि समुचित व्यवस्था गर्दै जाने,
(२) जोखिममा परेका, सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा हिंसा पीडित महिलालाई पुनःस्थापना, संरक्षण, सशक्तीकरण गरी स्वावलम्बी बनाउने,
(३) प्रजनन अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चितता गर्ने,
(४) बालबच्चाको पालन पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्यांकन गर्नेर्,े
(५) बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिक रूपमा ध्यान दिने,
(६) मुक्त कमैया, कम्हलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीहरूको पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने,
(७) राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वांगीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने,
(८) आदिवासी जनजातिको पहिचान सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरोकार राख्ने निर्णयहरूमा सहभागी गराउने तथा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र संवर्धन गर्नेर्,े
(९) अल्पसंख्यक समुदायलाई आफ्नो पहिचान कायम राखी सामाजिक र सांस्कृतिक अधिकार प्रयोगको अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने,
(१०) मधेशी समुदाय, मुस्लिम र पिछडा वर्गलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अवसर र लाभको समान वितरण तथा त्यस्ता समुदायभित्रका विपन्न नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने,
(११) उत्पीडित तथा पिछडिएको क्षेत्रका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण, विकास र आधारभूत आवश्यकता परिपूर्तिका अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने,
(१२) सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिंग, क्षेत्र र समुदायभित्रका आर्थिक रूपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने,
(१३) स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकूद तथा खेलाडीमा योजनाबद्ध लगानी गर्ने र खेलकूदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्नर्े माध्यमको रूपमा विकास गर्ने,
(१४) सामुदायिक तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाको लगानी र भूमिकालाई जवाफदेही र पारदर्शी बनाउँदै त्यस्ता संस्थाहरूको स्थापना, स्वीकृति, सञ्चालन, नियमन र व्यवस्थापनका लागि एकद्वार प्रणाली अपनाउने र राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा मात्र त्यस्ता संघ संस्थाहरूलाई संलग्न गराउने ।
(ट) न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति :
(१) न्याय प्रशासनलाई छिटो छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने,
(२) सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जस्ता वैकल्पिक उपायहरू अवलम्बन गर्ने,
(३) राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक लगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने ।
(ठ) पर्यटन सम्बन्धी नीति : नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने ।
(ड) अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति :
(१) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने,
(२) विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरू गर्ने ।
The State shall pursue the following policies:
(a) Policies relating to national unity and national security:
(1) to keep intact the national unity, while protecting the freedom, sovereignty, territorial integrity and independence of Nepal,
(2) to promote the national unity while developing mutual cooperative relations between the Federal Units by maintaining mutual cohesion, harmony and solidarity between various castes, tribes, religions, languages, cultures and communities,
(3) to maintain law and order by developing a national security system,
(4) to guarantee the overall human security system, 31
(5) to make all security organs, including the Nepal Army, Nepal Police and Armed Police Force Nepal, competent, strong, professional, inclusive and accountable to the people, on the basis of national security policies,
(6) to make and keep the citizens ready and competent to serve the nation as and when necessary,
(7) to make proper use, in nations' interest, of the knowledge, skills and experiences of former public employees including former employees, military and police.
(b) Policies relating to political and governance system of State:
(1) to guarantee the best interests and prosperity of the people through economic, social and cultural transformations, while safeguarding, consolidating and developing political achievements,
(2) to maintain rule of law by protecting and promoting human rights,
(3) to implement international treaties, agreements to which Nepal is a party,
(4) to guarantee good governance by ensuring the equal and easy access of the people to the services and facilities delivered by the State, while making public administration fair, competent, impartial, transparent, free from corruption, accountable and participatory,
(5) to make necessary provisions to make mass media fair, healthy, impartial, decent, responsible and professional, 32
(6) to develop and expand harmonious and cooperative relations between the Federal Units by way of sharing of responsibilities, resources and administration between them.
(c) Relating to social and cultural transformation:
(1) to build the society founded on cordial social relations by developing a healthy and civilized culture,
(2) to carrying out studies, research works, excavation and dissemination for the protection, promotion and development of ancient, archaeological and cultural heritages,
(3) to make community development through enhancement of local public participation, by promoting and mobilizing the creativity of local communities in social, cultural and service-oriented works,
(4) to focus on the development of arts, literature and music which form cultural heritages,
(5) to end all forms of discrimination, inequality, exploitation and injustice in the name of religion, custom, usage, practice and tradition existing in the society,
(6) to protect and develop languages, scripts, culture, literature, arts, motion pictures and heritages of various castes, tribes, and communities on the basis of equality and co-existence, while maintaining the cultural diversity of the country,
(7) to pursue a multi-lingual policy.
(d) Relating to economy, industry and commerce:
(1) to enhance national economy through partnership and independent development of the public, private and cooperative sectors, 33
(2) to achieve economic prosperity by way of optimum mobilization of the available means and resources, while focusing on the role of private sector in economy,
(3) to promote the cooperative sector and mobilize it in national development to the maximum extent,
(4) to encourage and mobilize the economic sector in the overall national development, while providing for regulation to maintain fairness, accountability and competition in all of its activities,
(5) to make equitable distribution of the available means and resources and benefits of economic development,
(6) to diversify and expand markets for goods and services, while promoting exports through development and expansion of industries upon identifying areas of comparative advantage,
(7) to protect the interests of consumers by maintaining trade fairness and discipline by making national economy competitive, while ending activities such as creating black marketing, monopoly, artificial scarcity and restricting competition,
(8) to protect and promote domestic industries and resources and accord priority to domestic investment based on Nepalese labour, skills and raw materials for the development of national economy,
(9) to give priority to domestic investment for the development of national economy,
(10) to encourage foreign capital and technological investment in areas of import substitution and export promotion, in consonance with national interest, and encourage and mobilize such investment in infrastructure building, 34
(11) to make the obtaining of foreign assistance transparent, while making the national needs and priorities as the basis for obtaining foreign assistance, and incorporating amounts received in form of foreign assistance in the national budget,
(12) to utilize knowledge, skill, technology and capital of the non- resident Nepalese in the national development,
(13) to give dynamism to the economic development by establishing coordination between the States and the States and the Federation in relation to industrial corridors, special economic zones, national projects and projects involving foreign investment.
(e) Policies relating to agriculture and land reforms:
(1) to make scientific land reforms having regard to the interests of the farmers, while ending the dual ownership existing in the lands,
(2) to enhance product and productivity by carrying out land pooling, while discouraging inactive land ownership,
(3) to make land management and commercialization, industrialization, diversification and modernization of agriculture, by pursuing land-use policies to enhance agriculture product and productivity, while protecting and promoting the rights and interests of the farmers,
(4) to make proper use of lands, while regulating and managing lands on the basis of, inter alia, productivity, nature of lands and ecological balance,
(5) to provide for the farmers' access to agricultural inputs, agro- products at fair price and market.
(f) Policies relating to development: 35
(1) to formulate sustainable socio-economic development strategies and programs under the regional development plan for inclusive economic development with regional balance, and implement them in a coordinative manner,
(2) to develop balanced, environment friendly, quality and sustainable physical infrastructures, while according priority to the regions lagging behind from development perspective,
(3) to enhance local public participation in the process of development works,
(4) to enhance investment in scientific study, research works and in invention, progress and development of science and technology, and protect scientists, technologists, intellectual and eminent talents,
(5) to ensure easy and simple access of the general public to information technology by developing and expanding information technology to the tune of national needs, and make optimum utilization of information technology in the national development,
(6) to make provisions enabling the general public to enjoy fruits of development in a just manner, while according priority to the indigent citizens in the distribution of such fruits,
(7) to develop an integrated national identity management information system and manage all kinds of information and data of the citizens in an integrated manner, and linking such system with the services and facilities provided by the State and with national development plans, 36
(8) to update demographic statistics and linking it with national development plans.
(g) Policies relating to protection, promotion and use of natural resources:
(1) to protect, promote, and make environmental friendly and sustainable use of, natural resources available in the country, in consonance with national interest and adopting the concept of inter-generational equity, and make equitable distribution of fruits, according priority and preferential right to the local communities,
(2) to make multi-purpose development of water resources, while according priority to domestic investment based on public participation,
(3) to ensure reliable supply of energy in an affordable and easy manner, and make proper use of energy, for the fulfilment of the basic needs of citizens, by generating and developing renewable energy,
(4) to develop sustainable and reliable irrigation by making control of water-induced disasters, and river management,
(5) to conserve, promote, and make sustainable use of, forests, wildlife, birds, vegetation and bio-diversity, by mitigating possible risks to environment from industrial and physical development, while raising awareness of general public about environment cleanliness,
(6) to maintain the forest area in necessary lands for ecological balance, 37
(7) to adopt appropriate measures to abolish or mitigate existing or possible adverse environmental impacts on the nature, environment or biological diversity,
(8) to pursue the principles of environmentally sustainable development such as the principles of polluter pays, of precaution in environmental protection and of prior informed consent.
(9) to make advance warning, preparedness, rescue, relief and rehabilitation in order to mitigate risks from natural disasters.
(h) Policies relating to basic needs of the citizens:
(1) to prepare human resources that are competent, competitive, ethical, and devoted to national interests, while making education scientific, technical, vocational, empirical, employment and people-oriented,
(2) to make private sector investment made in education service- oriented by regulating and managing such investment, while enhancing the State's investment in the education sector,
(3) to make higher education easy, qualitative and accessible, and free gradually,
(4) to establish and promote community information centres and libraries for the personality development of citizens,
(5) to keep on enhancing investment necessary in the public health sector by the State in order to make the citizens healthy,
(6) to ensure easy, convenient and equal access of all to quality health services, 38
(7) to protect and promote health systems including Ayurveda, as a traditional medical system of Nepal, natural therapy and homeopathy system,
(8) to make private sector investment in the health sector service- oriented by regulating and managing such investment, while enhancing the State's investment in this sector,
(9) to focus on health research and keep on increasing the number of health institutions and health workers in order to make health services widely available and qualitative,
(10) to increase average life expectancy by reducing maternal and infant mortality rate, while encouraging family planning for population management on the basis of Nepal's capacity and need,
(11) to manage unplanned settlement and develop planned and systematic settlement,
(12) to provide for sustainable production, supplies, storage, security, and easy and effective distribution of foods by encouraging food production in tune with climate and soil, in consonance with the concept of food sovereignty, while enhancing investment in the agriculture sector,
(13) to ensure planned supply system by according special priority to the remote and backward regions, while ensuring equal access of all citizens to basic goods and services,
(14) to enhance investment in the transportation sector, while ensuring simple, easy and equal access of the citizens to transportation facilities, and to make the transportation sector safe, systematic and persons with disabilities friendly by encouraging public 39 transportation and regulating private transportation, while according priority to the environment friendly technologies,
(15) to arrange for access to medical treatment while ensuring citizen's health insurance.
(i) Policies relating to labour and employment:
(1) to make competent and professional the labour force that has remained as the main socio-economic strength of the country and enhance employment within the country, while ensuring a situation enabling all to work,
(2) to guarantee social security, while ensuring the basic rights of all labours, in consonance with the concept of decent labour,
(3) to abolish all forms of labour exploitation including child labour,
(4) to encourage participation of labours in management, while maintain cordial relations between the labours and entrepreneurs,
(5) to regulate and manage the sector in order to make foreign employment free from exploitation, safe and systematic and to guarantee employment and rights of the labours,
(6) to encourage to mobilize the capital, skills, technology and experience gained from foreign employment in productive sectors in the country.
(j) Policies relating to social justice and inclusion:
(1) to keep on making appropriate arrangements for the livelihoods of the helpless single women, while according priority to them in employment on the basis of skills, competency and qualification, 40
(2) to make self-dependent the women who are vulnerable, subjected to social and family exclusion and victims of violence self-reliant by making their rehabilitation, protection and empowerment,
(3) to ensure enjoyment of requisite services and facilities at the reproductive stage,
(4) to evaluate economically the work and contribution such as maintenance of children and care of families,
(5) to take into consideration primarily of the best interests of the child,
(6) to identify the freed bonded labours, Kamlari, Harawa, Charawa, tillers, landless, squatters and rehabilitate them by providing housing, housing plot for residence and cultivable land or employment for their livelihoods,
(7) to create an atmosphere conducive to the full enjoyment of the political, economic, social and cultural rights, while enhancing the participation of youths in national development, to make their personality development, while providing special opportunity in areas including education, health and employment for the empowerment and development of the youths and provide them with appropriate opportunities for the overall development of the State,
(8) to make the indigenous nationalities participate in decisions concerning that community by making special provisions for opportunities and benefits in order to ensure the right of these nationalities to live with dignity, along with their identity, and protect and promote traditional knowledge, skill, culture, social 41 tradition and experience of the indigenous nationalities and local communities,
(9) to make special provisions for opportunities and benefits to minority communities to enjoy social and cultural rights, with maintaining their identity,
(10) to make special provisions for equal distribution of economic, social and cultural opportunities and benefits to the Madhesi community, Muslims and backward class, and for opportunities and benefits to the indigent citizens within such communities for their protection, upliftment, empowerment and development,
(11) to make special provisions for opportunities and benefits for the protection, upliftment, empowerment and development of the citizens of the oppressed and backward regions and for the fulfilment of their basic needs,
(12) to accord priority to the indigent within all sexes, regions and communities in the provision of social security and social justice,
(13) to make planned investment in sports and sport-persons in order to prepare healthy, competent and disciplined citizens, and to develop sports as a means of consolidating national unity and enhancing national prestige at the international level,
(14) to adopt a single door system for the establishment, approval, operation, regulation and management of community-based and national or international non-governmental organizations and to involve such organizations only in the sectors of national need and priority, while making investment and role of such organizations transparent and accountable.
(k) Policies relating to justice and penal system: 42
(1) to make the administration of justice speedy, efficient, widely available, economical, impartial, effective, and accountable to people,
(2) to pursue alternative means such as mediation and arbitration for the settlement of disputes of general nature,
(3) to adopt effective measures for the control of corruption and irregularities in all sectors including political, administrative, judicial and social sectors.
(l) Policies relating to tourism: To develop eco-friendly tourism industries as an important base of national economy by way of identification, protection, promotion and publicity of the ancient, cultural, religious, archaeological and natural heritages of Nepal, to make environment and policy required for the development of tourism culture, and to accord priority to local people in the distribution of benefits of tourism industries.
(m) Policies relating to international relations:
(1) to conduct an independent foreign policy based on the Charter of the United Nations, non-alignment, principles of Panchsheel, international law and the norms of world peace, taking into consideration of the overall interest of the nation, while remaining active in safeguarding the sovereignty, territorial integrity, independence and national interest of Nepal,
(2) to review treaties concluded in the past, and make treaties, agreements based on equality and mutual interest.
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.