(१) यस संविधानको अधीनमा रही संघीय संसदको दुवै सदनमा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गरिने, थुनामा राखिने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।
(२) यस संविधानको अधीनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।
(३) संघीय संसदको कुनै सदनको कुनै पनि कारबाहीमाथि त्यसको असल नियतबारे शंका उठाई कुनै टीका–टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी–जानी गलत वा भ्रामक अर्थ लगाई कुनै प्रकारको प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
(४) उपधारा
(१) र
(३) को व्यवस्था संघीय संसदको सदस्य बाहेक सदनको बैठकमा भाग लिन पाउने अन्य व्यक्तिका हकमा पनि लागू हुनेछ ।
(५) संघीय संसदको कुनै सदनले दिएको अधिकार अन्तर्गत कुनै लिखत, प्रतिवेदन, मतदान वा कारबाही प्रकाशित गरेको विषयलाई लिएर कुनै व्यक्ति उपर अदालतमा कारबाही चल्ने छैन । स्पष्टीकरण : यो उपधारा र उपधारा
(१),
(२),
(३) र
(४) को प्रयोजनका लागि “सदन” भन्नाले प्रतिनिधि सभा वा राष्ट्रिय सभा सम्झनु पर्छ र सो शब्दले संघीय संसदको संयुक्त बैठक वा समिति वा संयुक्त समितिलाई समेत जनाउँछ ।
(६) संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा प्रुयाएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।
(७) विशेषाधिकारको हननलाई संघीय संसदको अवहेलना मानिनेछ र कुनै विशेषाधिकारको हनन भएको छ वा छैन भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ ।
(८) कसैले कुनै सदनको अवहेलना गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिले सदनको निर्णयबाट सो व्यक्तिलाई सचेत गराउन, नसीहत दिन वा तीन महीनामा नबढ्ने गरी कैद गर्न वा दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असुल उपर गरिनेछ । तर सम्बन्धित सदनलाई सन्तोष हुने गरी त्यस्तो व्यक्तिले क्षमायाचना गरेमा सदनले क्षमा प्रदान गर्न वा तोकिसकेको सजायलाई माफी गर्न वा घटाउन सक्नेछ ।
(९) संघीय संसदको विशेषाधिकार सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
(1) There shall be full freedom of speech in both Houses of the Federal Parliament; and no member shall be arrested, detained or prosecuted in any court for anything expressed or any vote cast by him or her in the House.
(2) Each House of the Federal Parliament shall, subject to this Constitution, have full power to regulate and decide its internal business, and the concerned House shall have the exclusive right to decide whether or not any of its proceedings is regular or irregular. No question shall be raised in any court in this behalf. 71
(3) No comment shall be made about the good faith concerning any proceeding of any House of the Federal Parliament, and no publication and broadcasting of any kind shall be made about anything said by any member, intentionally distorting or misinterpreting the meaning of the speech.
(4) The provisions of clauses
(1) and
(3) shall also apply to other persons who are entitled to participate in the meetings of the House than the members of the Federal Parliament.
(5) No proceedings shall be initiated in any court against any person in respect of the publication, under the authority granted by any House of the Federal Parliament, of any document, report, vote or proceeding. Explanation: For the purposes of clauses
(1),
(2),
(3) and
(4), "House" means the House of Representatives or the National Assembly, and includes a joint sitting or committee or joint committee of the Federal Parliament.
(6) No member of the Federal Parliament shall be arrested during the period from the issuance of a notice summoning the session to its prorogation. Provided that nothing in this clause shall be deemed to bar the arresting under the Federal law of any member on a criminal charge. If any member is so arrested, the authority making such arrest shall forthwith give information thereof to the person presiding over the concerned House.
(7) Any breach of the privileges shall be deemed to constitute contempt of the Federal Parliament, and the concerned House shall have the exclusive right to decide whether any privilege has been breached.
(8) If any person is in contempt of any House, the person presiding over the concerned House may, after a decision by the House to that effect, admonish, warn or impose a sentence of imprisonment for a term not exceeding three months or of a fine not exceeding ten thousand rupees on such person, and such fine shall be recovered as a government due. 72 Provided that if such person apologies to the satisfaction of the concerned House, it may pardon, remit or commute the sentence imposed on, him or her.
(9) Other matters relating to the privileges of the Federal Parliament shall be as provided for in the Federal law.
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.