Article 187 0 0 0 0

प्रदेश सभाको विशेषाधिकार

Privileges of State Assembly

Share
Nepali

(१) यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।

(२) यस संविधानको अधीनमा रही प्रदेश सभालाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र प्रदेश सभाको कुनै काम कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।

(३) प्रदेश सभाको कुनै कारबाही उपर त्यसको असल नियतबारे शंका उठाई कुनै टीका–टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी–जानी गलत वा भ्रामक अर्थ लगाई कुनै प्रकारको प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

(४) उपधारा

(१) र

(३) को व्यवस्था प्रदेश सभा सदस्य बाहेक प्रदेश सभाको बैठकमा भाग लिन पाउने अन्य व्यक्तिका हकमा पनि लागू हुनेछ ।

(५) प्रदेश सभाको अधिकार अन्तर्गत कुनै लिखत, प्रतिवेदन, मतदान वा कारबाही प्रकाशित गरेको विषयलाई लिएर कुनै व्यक्ति उपर अदालतमा कारबाही चल्ने छैन । स्पष्टीकरण : यस उपधारा र उपधारा

(१),

(२),

(३) र

(४) को प्रयोजनका लागि “प्रदेश सभा” भन्नाले प्रदेश सभाको समितिको बैठक समेतलाई जनाउँछ ।

(६) प्रदेश सभाको सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा प्रुयाएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।

(७) विशेषाधिकारको हननलाई प्रदेश सभाको अवहेलना मानिनेछ र कुनै विशेषाधिकारको हनन भएको छ वा छैन भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्र हुनेछ ।

(८) कसैले प्रदेश सभाको अवहेलना गरेमा त्यस्तो सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेश सभाको निर्णयबाट त्यस्तो व्यक्तिलाई सचेत गराउन, नसीहत दिन वा तीन महीनामा नबढ्ने गरी कैद गर्न वा दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असूल उपर गरिनेछ । तर प्रदेश सभालाई सन्तोष हुने गरी त्यस्तो व्यक्तिले क्षमायाचना गरेमा त्यस्तो सभाले क्षमा प्रदान गर्न वा तोकिसकेको सजायलाई माफी वा कम गर्न सक्नेछ ।

(९) प्रदेश सभाको विशेषाधिकार सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ ।

English

(1) There shall be full freedom of speech in the State Assembly, subject to this Constitution, and no member shall be arrested, detained or prosecuted in any court for anything expressed or any vote cast by him or her in the State Assembly.

(2) The State Assembly shall, subject to this Constitution, have full power to regulate and decide its internal business, and it shall be the exclusive right of the State Assembly to decide whether or not any of its proceedings is regular or irregular. No question shall be raised in any court in this behalf.

(3) No comment shall be made about the good faith concerning any proceeding of the State Assembly, and no publication and broadcasting of any kind shall be made about anything said by any member, intentionally distorting or misinterpreting the meaning of the speech.

(4) The provisions of clauses

(1) and

(3) shall also apply to other persons who are entitled to participate in the meetings of the State Assembly than the members of State Assembly.

(5) No proceedings shall be initiated in any court against any person in respect of the publication, under the authority granted by the State Assembly, of any document, report, vote or proceeding. 121 Explanation: For the purposes of this clause and clauses

(1),

(2),

(3) and

(4), "State Assembly" means and includes the meeting of a committee of the State Assembly.

(6) No member of the State Assembly may be arrested during the period from the issuance of a notice summoning the session to its prorogation. Provided that nothing in this clause shall be deemed to prevent the arrest under the law of any member on a criminal charge. If any member is so arrested, the authority making such arrest shall forthwith give information thereof to the person presiding over the State Assembly.

(7) Any breach of the privileges shall be deemed to constitute contempt of the State Assembly, and the State Assembly shall have the exclusive right to decide whether any breach of its privileges has taken place.

(8) If any person is in contempt of the State Assembly, the person presiding over the State Assembly may, after a decision by the State Assembly to that effect, admonish, warn or impose a sentence of imprisonment for a term not exceeding three months or of a fine not exceeding ten thousand rupees on such person, and such fine shall be recovered as a government due. Provided that if such a person submits an apology to the satisfaction of the State Assembly, it may either pardon him or her or remit or commute the sentence imposed on him or her.

(9) Other matters relating to privileges of the State Assembly shall be as provided in the State law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app