Article 270 0 0 0 0

राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज

Prohibition on imposition of restrictions on political parties

Share
Nepali

(१) धारा २६९ बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ ।

(२) कुनै एउटै राजनीतिक दल वा एकै किसिमको राजनीतिक विचारधारा, दर्शन वा कार्यक्रम भएका व्यक्तिहरूले मात्र निर्वाचन, देशको राजनीतिक प्रणाली वा राज्य व्यवस्था सञ्चालनमा भाग लिन पाउने वा सम्मिलित हुन पाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ ।

English

(1) Any law, arrangement or decision so made as to impose any restriction on the formation and operation of a political party and on the generation of publicity in order to secure support and cooperation from the general public for the ideology, philosophy and program of the party in accordance with Article 269 shall be deemed to be inconsistent with this Constitution and shall, ipso facto, be void.

(2) Any law, arrangement or decision so made as to allow for participation or involvement of only a single political party or persons having similar political ideology, philosophy or program in the elections or in the political system of, or in the conduct of governance of, the country shall be deemed to be inconsistent with this Constitution and shall, ipso facto, be void.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app