Article 215 0 0 0 0

गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यव

Provisions relating to Chairperson and Vice-Chairperson of Village Executive

Share
Nepali

था :

(१) प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहनेछ । निजको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुनेछ ।

(२) उपधारा

(१) बमोजिमको गाउँ कार्यपालिकामा एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा

(४) बमोजिम निर्वाचित सदस्य रहनेछन् ।

(३) अध्यक्ष र उपाध्यक्षको निर्वाचन सम्बन्धित गाउँपालिका क्षेत्रभित्रका मतदाताले एक व्यक्ति एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम गर्नेछन् । स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि “अध्यक्ष र उपाध्यक्ष” भन्नाले गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष सम्झनु पर्छ ।

(४) धारा २२२ बमोजिमको गाउँ सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँ सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र उपधारा

(५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्य समेत गाउँ कार्यपालिकाको सदस्य हुनेछन् ।

(५) देहायको योग्यता भएको व्यक्ति अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पदमा निर्वाचित हुन योग्य हुनेछ :–

(क) नेपाली नागरिक,

(ख) एक्काइस वर्ष उमेर पूरा भएको,

(ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र

(घ) कुनै कानूनले अयोग्य नभएको ।

(६) अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ ।

(७) अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन ।

(८) देहायको कुनै अवस्थामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पद रिक्त हुनेछ :–

(क) अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्षसमक्ष लिखित राजीनामा दिएमा,

(ख) निजको पदावधि समाप्त भएमा,

(ग) निजको मृत्यु भएमा ।

(९) अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपधारा

(७) बमोजिम पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ ।

English

(1) There shall be a Chairperson of Village Executive in each Village Body. The Village Executive shall be formed under his or her chairpersonship.

(2) The Village Executive under clause

(1) shall consist of one Vice- Chairperson, Ward Chairperson elected from each Ward and members elected pursuant to clause

(4).

(3) The Chairperson and the Vice-Chairperson shall be elected by the voters residing within the concerned Village Body area by secret ballots on the 134 basis of one person one vote, in accordance with the first past the post electoral system. Explanation: For the purposes of this Article, "Chairperson" and "Vice- Chairperson" mean the Chairperson and the Vice-Chairperson of the Village Executive.

(4) The members of the Village Executive shall also include four women members elected by the members of the Village Assembly from amongst themselves and two members elected by the Village Assembly from the Dalit or minority communities, in possession of the qualification under clause

(5), no later than fifteen days after the final results of the election to the Village Assembly under Article 222.

(5) A person who has the following qualification shall be qualified to be elected to the office of the Chairperson, Vice-Chairperson, Ward Chairperson and member:

(a) being a citizen of Nepal,

(b) having completed the age of twenty one years,

(c) being a voter whose name is included in the electoral rolls of the Village Body,

(d) not being disqualified by any law.

(6) The term of office of the Chairperson, Vice-Chairperson, Ward Chairperson and member shall be five years after the date of being elected.

(7) A person who has been elected as the Chairperson for two terms shall not be eligible to be a candidate in an election to the Village Body.

(8) The office of the Chairperson, Vice-Chairperson, Ward Chairperson or member shall become vacant in any of the following circumstances: 135

(a) if the Chairperson tenders resignation in writing to the Vice-Chairperson, and if the Vice-Chairperson tenders resignation before the Chairperson,

(b) if his or her term of office expires,

(c) if he or she dies.

(9) If the seat falls vacant under clause

(7) while the term of office of the Chairperson or Vice-Chairperson still remains for more than one year, the vacancy shall be filled through by-election for the remainder of term.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app