Article 114 0 0 0 0

अध्यादेश

Provisions relating to Ordinance

Share
Nepali

(१) संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ ।

(२) उपधारा

(१) बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ । तर त्यस्तो प्रत्येक अध्यादेश,–

(क) जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ,

(ख) राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ, र

(ग) खण्ड

(क) वा

(ख) बमोजिम निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको साठी दिन पछि स्वतः निष्क्रिय हुनेछ । स्पष्टीकरण : यस उपधाराको प्रयोजनका लागि “दुवै सदनको बैठक बसेको दिन” भन्नाले संघीय संसदका दुवै सदनको अधिवेशन प्रारम्भ भएको वा बैठक बसेको दिन सम्झनु पर्छ र सो शब्दले संघीय संसदका सदनहरूको बैठक अघिपछि गरी बसेको अवस्थामा जुन सदनको बैठक पछि बसेको छ सोही दिनलाई जनाउँछ ।

English

(1) If, at any time, except when both Houses of the Federal Parliament are in session, circumstances exist which render it necessary to take immediate action, the President may, on recommendation of the Council of Ministers, promulgate an Ordinance.

(2) An Ordinance promulgated under clause

(1) shall have the same force and effect as an Act. Provided that every such Ordinance:

(a) shall be tabled at the session of both Houses of the Federal Parliament held after the promulgation, and if not passed by both Houses, it shall ipso facto cease to be effective,

(b) may be repealed at any time by the President, and

(c) shall, unless rendered ineffective or repealed under sub- clause

(a) or

(b), ipso facto cease to be effective at the expiration of sixty days after the day on which a meeting of both Houses is held. Explanation: For the purposes of this clause, "day on which a meeting of both Houses is held" means the day on which a session or meeting of both Houses of the Federal Parliament commences or is held, and this term means the later day on which a meeting of the House is held if the Houses of the Federal Parliament meet on different dates. 79

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app