Article 100 0 0 0 0

विश्वासको मत र अविश्वासको प्र

Provisions relating to vote of confidence and motion of no-confidence

Share
Nepali

ताव सम्बन्धी व्यवस्था :

(१) प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।

(२) प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।

(३) उपधारा

(१) र

(२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।

(४) प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने छन् । तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्ष भित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।

(५) उपधारा

(४) बमोजिम अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेको हुनु पर्नेछ ।

(६) उपधारा

(४) बमोजिम पेश भएको अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री पदमुक्त हुनेछ ।

(७) उपधारा

(६) बमोजिम अविश्वासको प्रस्ताव पारित भई प्रधानमन्त्रीको पद रिक्त भएमा उपधारा

(५) बमोजिम प्रस्ताव गरिएको प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले धारा ७६ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नेछ ।

English

(1) The Prime Minister may, whenever he or she considers necessary or appropriate to show that he or she has confidence from the House of Representatives, table a motion to that effect in the House of Representatives for the vote of confidence.

(2) If the political party which the Prime Minister represents is divided or a political party in coalition government withdraws its support, the Prime Minister shall table a motion in the House of Representatives for a vote of confidence within thirty days.

(3) If a motion tabled under clauses

(1) and

(2) is not passed by a majority of the total number of the then members of the House of Representatives, the Prime Minister shall relieve of his or her office. 68

(4) One-fourth of the total number of the then members of the House of Representatives may table a motion of no-confidence in writing that the House has no confidence in the Prime Minister. Provided that a motion of no confidence shall not be tabled until the first two years after the appointment of the Prime Minister and until another one year after the date of failure of the motion of no confidence once tabled.

(5) A motion of no confidence to be tabled under clause

(4) shall also indicate the name of a member proposed for the Prime Minister.

(6) If a motion of no confidence tabled under clause

(4) is passed by a majority of the total number of the then members of the House of Representatives, the Prime Minister shall relieve of his or her office.

(7) If the office of Prime Minister falls vacant because of the passage of a motion of no confidence under clause

(6), the President shall, in accordance with Article 76, appoint as the Prime Minister the member of the House of Representatives proposed under clause

(5).

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app