ताव सम्बन्धी व्यवस्था :
(१) मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।
(२) मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।
(३) उपधारा
(१) र
(२) बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।
(४) प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने छन् । तर मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्ष भित्र त्यस्तो अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।
(५) उपधारा
(४) बमोजिम अविश्वासको प्रस्ताव पेश गर्दा मुख्यमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेको हुनु पर्नेछ ।
(६) उपधारा
(४) बमोजिम पेश भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा मुख्यमन्त्री पदमुक्त हुनेछ ।
(७) उपधारा
(६) बमोजिम अविश्वासको प्रस्ताव पारित भई मुख्यमन्त्रीको पद रिक्त भएमा उपधारा
(५) बमोजिम प्रस्ताव गरेको प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले धारा १६८ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नेछ ।
(1) The Chief Minister may, whenever he or she considers necessary or appropriate to show that he or she has confidence from the State Assembly, table a resolution to that effect in the State Assembly for the vote of confidence. 122
(2) If the political party which the Chief Minister represents is divided or a political party in coalition State Government withdraws its support, the Chief Minister shall table a resolution in the State Assembly for a vote of confidence within thirty days.
(3) If a resolution tabled under clauses
(1) and
(2) is not passed by a majority of the total number of then members of the State Assembly, the Chief Minister shall relieve of his or her office.
(4) One-fourth of the total number of then members of the State Assembly may table in writing a motion of no-confidence against the Chief Minister. Provided that a motion of no confidence may not be tabled until the first two years after the appointment of the Chief Minister and until another one year after the date of failure of the motion of no confidence once tabled.
(5) A motion of no confidence to be tabled under clause
(4) shall also indicate the name of a member proposed for Chief Minister.
(6) If a motion of no confidence tabled under clause
(4) is passed by a majority of the total number of then members of the State Assembly, the Chief Minister shall relieve of his or her office.
(7) If the office of the Chief Minister falls vacant because of the passage of a vote of no-confidence under clause
(6), the Chief of State shall, in accordance with Article 168, appoint as the Chief Minister the member of the State Assembly proposed under clause
(5).
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.