Article 242 0 0 0 0

लोक सेवा आयोग

Public Service Commission

Share
Nepali

(१) नेपालमा लोक सेवा आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् ।

(२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ ।

(३) लोक सेवा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त हुनेछन् ।

(४) लोक सेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ ।

(५) उपधारा

(२) बमोजिम नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति हुन सक्ने छैन । तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिनेछ र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ ।

(६) उपधारा

(४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा लोक सेवा आयोगको अध्यक्ष वा सदस्यको पद रिक्त हुनेछ :–

(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,

(ख) निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा,

(ग) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,

(घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा,

(ङ) निजको मृत्यु भएमा ।

(७) देहायको योग्यता भएको व्यक्ति लोक सेवा आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि योग्य हुनेछ :–

(क) मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको,

(ख) नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,

(ग) पैंतालिस वर्ष उमेर पूरा भएको, र

(घ) उच्च नैतिक चरित्र भएको ।

(८) लोक सेवा आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवाका शर्त संघीय कानून बमोजिम हुनेछ । लोक सेवा आयोगका अध्यक्ष र सदस्य आफ्नो पदमा बहाल रहेसम्म निजहरूलाई मर्का पर्ने गरी पारिश्रमिक र सेवाका शर्त परिवर्तन गरिने छैन । तर चरम आर्थिक विश्रृंखलताका कारण संकटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

(९) लोक सेवा आयोगको अध्यक्ष र सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन । तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा प्रुयाएको मानिने छैन ।

English

(1) There shall be a Public Service Commission of Nepal, consisting of the Chairperson and four other Members.

(2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and Members.

(3) At least fifty percent of the total number of Members of the Public Service Commission shall be appointed from amongst the persons who have worked for twenty or more in any government service, and the rest of the Members shall be appointed from amongst the persons who hold reputation after having done research, investigation, teaching or any other significant work in the field of science, technology, art, literature, law, public administration, sociology or other sphere of national life.

(4) The term of office of the Chairperson and Members of the Public Service Commission shall be six years from the date of appointment.

(5) The Chairperson and Members appointed under clause

(2) shall not be eligible for reappointment. Provided that a Member may be appointed to the office of Chairperson, and when a Member is so appointed as the Chairperson, his or her term of office shall be so computed as to include his or her term as the Member.

(6) Notwithstanding anything contained in clause

(4), the office of the Chairperson or a Member of the Public Service Commission shall be vacant in any of the following circumstances:

(a) if he or she tenders resignation in writing to the President,

(b) if he or she attains the age of sixty-five years, 155

(c) if a motion of impeachment is passed against him or her under Article 101,

(d) if he or she is removed from office by the President on recommendation of the Constitutional Council on grounds of his or her inability to hold office and discharge the functions due to physical or mental illness,

(e) if he or she dies.

(7) A person shall be eligible to be appointed as the Chairperson or a member of the Public Service Commission if he or she possesses the following qualification:

(a) holding a master's degree from a recognized university,

(b) not being a member of any political party at the time of appointment,

(c) having attained the age of forty five years, and

(d) being of high moral character.

(8) The remuneration and other conditions of service of the Chairperson and the members of the Public Service Commission shall be as provided for in the Federal law. The remuneration and conditions of service of the Chairperson and the Members of the Public Service Commission shall not, so long as they hold office, be altered to their disadvantage. Provided that this provision shall not apply in cases where a state of emergency is declared because of extreme economic disarrays.

(9) A person once appointed as the Chairperson and the members of the Public Service Commission shall not be eligible for appointment in other government service. 156 Provided that nothing in this clause shall be deemed to be a bar to the appointment to any political position or to any position which has the responsibility of making investigations, inquiries or findings on any subject, or to any position which has the responsibility of submitting advice, opinion or recommendation after carrying out a study or research on any subject.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app