Article 25 0 0 0 0

सम्पत्तिको हक

Right relating to property

Share
Nepali

(१) प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ । तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतिशील करको मान्यता अनुरूप व्यक्तिको आयमा कर लगाउन सक्नेछ । स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि “सम्पत्ति” भन्नाले चल अचल लगायत सबै प्रकारको सम्पत्ति सम्झनु पर्छ र सो शब्दले बौद्धिक सम्पत्ति समेतलाई जनाउँछ ।

(२) सार्वजनिक हितका लागि बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले कुनै अधिकारको सिर्जना गर्ने छैन । तर कुनै पनि व्यक्तिले गैरकानूनी रूपले आर्जन गरेको सम्पत्तिको हकमा यो उपधारा लागू हुने छैन ।

(३) उपधारा

(२) बमोजिम सार्वजनिक हितका लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐन बमोजिम हुनेछ ।

(४) उपधारा

(२) र

(३) को व्यवस्थाले भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, वातावरण संरक्षण, व्यवस्थित आवास तथा शहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानून बमोजिम भूमि सुधार, व्यवस्थापन र नियमन गर्न बाधा पर्ने छैन ।

(५) उपधारा

(३) बमोजिम राज्यले सार्वजनिक हितका लागि कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गरेकोमा त्यस्तो सार्वजनिक हितको सट्टा अर्को कुनै सार्वजनिक हितका लागि त्यस्तो सम्पत्ति प्रयोग गर्न बाधा पर्ने छैन ।

English

(1) Every citizen shall, subject to law, have the right to acquire, own, sell, dispose, acquire business profits from, and otherwise deal with, property. Provided that the State may levy tax on property of a person, and tax on income of a person in accordance with the concept of progressive taxation. Explanation: For the purposes of this Article, "property" means any form of property including movable and immovable property, and includes an intellectual property right.

(2) The State shall not, except for public interest, requisition, acquire, or otherwise create any encumbrance on, property of a person. Provided that this clause shall not apply to any property acquired by any person illicitly.

(3) The basis of compensation to be provided and procedures to be followed in the requisition by the State of property of any person for public interest in accordance with clause

(3) shall be as provided for in the Act. 20

(4) The provisions of clauses

(2) and

(3) shall not prevent the State from making land reforms, management and regulation in accordance with law for the purposes of enhancement of product and productivity of lands, modernization and commercialization of agriculture, environment protection and planned housing and urban development.

(5) Nothing shall prevent the State from using the property of any person, which it has requisitioned for public interest in accordance with clause

(3), for any other public interest instead of such public interest.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app