Article 26 0 0 0 0

धार्मिक

Right to freedom of religion

Share
Nepali

वतन्त्रताको हक :

(१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन ।

(३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।

English

(1) Every person who has faith in religion shall have the freedom to profess, practice and protect his or her religion according to his or her conviction.

(2) Every religious denomination shall have the right to operate and protect its religious sites and religious Guthi (trusts). Provided that nothing shall be deemed to prevent the regulation, by making law, of the operation and protection of religious sites and religious trusts and management of trust properties and lands.

(3) No person shall, in the exercise of the right conferred by this Article, do, or cause to be done, any act which may be contrary to public health, decency and morality or breach public peace, or convert another person from one religion to another or any act or conduct that may jeopardize other's religion.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app