Article 40 0 0 0 0

दलितको हक

Rights of Dalit

Share
Nepali

(१) राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ ।

(२) दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानून बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ ।

(३) दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानून बमोजिम विशेष व्यवस्था गरिनेछ ।

(४) दलित समुदायलाई आफ्नो परम्परागत पेशा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुनेछ । राज्यले दलित समुदायका परम्परागत पेशासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सीप र स्रोत उपलब्ध गराउनेछ ।

(५) राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमीन उपलब्ध गराउनु पर्नेछ ।

(६) राज्यले आवासविहीन दलितलाई कानून बमोजिम बसोबासको व्यवस्था गर्नेछ ।

(७) दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नु पर्नेछ ।

English

(1) The Dalit shall have the right to participate in all bodies of the State on the basis of the principle of proportional inclusion. Special provision shall be made by law for the empowerment, representation and participation of the Dalit community in public services as well as other sectors of employment.

(2) Provision of free education with scholarship, from primary to higher education, shall be made by law for the Dalit students. Special provision shall be made by law for the Dalit in technical and vocational education.

(3) Special provision shall be made by law in order to provide health and social security to the Dalit community.

(4) The Dalit community shall have the right to use, protect and develop their traditional occupation, knowledge, skill and technology. The State shall accord priority to the Dalit community in modern business related with their traditional occupation and provide skills and resources required therefor. 26

(5) The State shall once provide land to the landless Dalit in accordance with law.

(6) The State shall, in accordance with law, arrange settlement for the Dalit who do not have housing.

(7) The facilities conferred by this Article to the Dalit community must be distributed in a just manner so that the Dalit women, men and Dalit in all communities can obtain such facilities proportionately.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app