Article 39 0 0 0 0

बालबालिकाको हक

Rights of the child

Share
Nepali

(१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।

(२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ ।

(३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।

(४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।

(५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।

(६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।

(७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।

(८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।

(९) असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।

(१०) उपधारा

(४),

(५),

(६) र

(७) विपरीतका कार्य कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

English

(1) Every child shall have the right to name and birth registration along with his or her identity.

(2) Every child shall have the right to education, health, maintenance, proper care, sports, entertainment and overall personality development from the families and the State.

(3) Every child shall have the right to elementary child development and child participation.

(4) No child shall be employed to work in any factory, mine or engaged in similar other hazardous work.

(5) No child shall be subjected to child marriage, transported illegally, abducted/kidnapped or taken in hostage.

(6) No child shall be recruited or used in army, police or any armed group, or be subjected, in the name of cultural or religious traditions, to abuse, 25 exclusion or physical, mental, sexual or other form of exploitation or improper use by any means or in any manner.

(7) No child shall be subjected to physical, mental or any other form of torture in home, school or other place and situation whatsoever.

(8) Every child shall have the right to juvenile friendly justice.

(9) The child who is helpless, orphan, with disabilities, conflict victim, displaced or vulnerable shall have the right to special protection and facilities from the State.

(10) Any act contrary to in clauses

(4),

(5),

(6) and

(7) shall be punishable by law, and a child who is the victim of such act shall have the right to obtain compensation from the perpetrator, in accordance with law.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app