(१) कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन ।
(२) पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ । त्यस्तो व्यक्तिले आफ्नो कानून व्यवसायीसँग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहनेछ । तर शत्रु देशको नागरिकको हकमा यो उपधारा लागू हुने छैन । स्पष्टीकरण : यस उपधाराको प्रयोजनका लागि “कानून व्यवसायी” भन्नाले कुनै अड्डा अदालतमा कुनै व्यक्तिको प्रतिनिधित्व गर्न कानूनले अधिकार दिएको व्यक्ति सम्झनु पर्छ ।
(३) पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन । तर निवारक नजरबन्दमा राखिएका व्यक्ति र शत्रु देशको नागरिकको हकमा यो उपधारा लागू हुने छैन ।
(४) तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन ।
(५) कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसूर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन ।
(६) कुनै पनि व्यक्ति विरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन ।
(७) कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पारिने छैन ।
(८) प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ ।
(९) प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हक हुनेछ ।
(१०) असमर्थ पक्षलाई कानून बमोजिम निःशुल्क कानूनी सहायता पाउने हक हुनेछ ।
(1) No person shall be detained in custody without informing him or her of the ground for his or her arrest.
(2) Any person who is arrested shall have the right to consult a legal practitioner of his or her choice from the time of such arrest and to be defended by such legal practitioner. Any consultation made by such person with, and advice given by, his or her legal practitioner shall be confidential. Provided this clause shall not apply to a citizen of an enemy state. Explanation: For the purpose of this clause, "legal practitioner" means any person who is authorized by law to represent any person in any court.
(3) Any person who is arrested shall be produced before the adjudicating authority within a period of twenty-four hours of such arrest, excluding the time necessary for the journey from the place of arrest to such 17 authority; and any such person shall not be detained in custody except on the order of such authority. Provided that this clause shall not apply to a person held in preventive detention and to a citizen of an enemy state.
(4) No person shall be liable for punishment for an act which was not punishable by the law in force when the act was committed nor shall any person be subjected to a punishment greater than that prescribed by the law in force at the time of the commission of the offence.
(5) Every person charged with an offence shall be presumed innocent until proved guilty of the offence.
(6) No person shall be tried and punished for the same offence in a court more than once.
(7) No person charged with an offence shall be compelled to testify against himself or herself.
(8) Every person shall have the right to be informed of any proceedings taken against him or her.
(9) Every person shall have the right to a fair trial by an independent, impartial and competent court or judicial body.
(10) Any indigent party shall have the right to free legal aid in accordance with law.
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.