Article 93 0 0 0 0

अधिवेशनको आव्हान र अन्त्य

Summoning and prorogation of session

Share
Nepali

(१) राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आव्हान गर्नेछ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुने छैन ।

(२) राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्न सक्नेछ ।

(३) राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ ।

English

(1) The President shall summon a session of the Federal Parliament within thirty days of the declaration of final results of the election to the House of Representatives. Thereafter, the President shall, from time to time, summon sessions of both or either of the Houses pursuant to this Constitution. Provided that the interval between the two consecutive sessions shall not exceed six months.

(2) The President may prorogue the sessions of both or either of the Houses of the Federal Parliament.

(3) If, during the prorogation or recess of the session of the House of Representatives, one-fourth of the total number of its members write a petition that it is desirable to convene a session or meeting, the President shall specify 66 the date and time for such session or meeting. The House of Representatives shall meet or commence its session at the date and time so specified.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app