Article 128 0 0 0 0

सर्वोच्च अदालत

Supreme Court

Share
Nepali

(१) नेपालमा एक सर्वोच्च अदालत हुनेछ ।

(२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मातहत रहनेछन् । संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।

(३) सर्वोच्च अदालतले आफ्नो र आफ्नो अधिकार क्षेत्रभित्र पर्ने अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायहरूको न्याय प्रशासन वा व्यवस्थापन सम्बन्धी विषयमा निरीक्षण, सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिन सक्नेछ ।

(४) मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालन गर्नु पर्नेछ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्यायसम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नर् सक्नेछ ।

English

(1) There shall be a Supreme Court in Nepal.

(2) The Supreme Court shall be a court of record. All courts and judicial bodies shall, except as otherwise provided in this Constitution, be under the Supreme Court. The Supreme Court shall have the final authority to interpret this Constitution and laws.

(3) The Supreme Court may inspect, supervise and give necessary directives to, it and courts, specialized courts or other judicial bodies under its jurisdiction, in relation to matters relating to judicial administration or management.

(4) All must abide by any interpretation of the Constitution or a law made by or any legal principle laid down by the Supreme Court in the course of trying a lawsuit. If anyone makes obstruction in the dispensation of justice 85 by, or disregard any order or judgment handed down by, it or any of its subordinate courts, the Supreme Court may, in accordance with law, initiate proceedings and impose punishment for contempt.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app