(१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् ।
(२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ :–
(क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,
(ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।
(३) यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
(४) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।
(५) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।
(६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।
(७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ । तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ ।
(८) यस धारामा लेखिएदेखि बाहेक नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ ।
(९) नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ ।
(१०) नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति संघीय कानूनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।
(1) The persons who have obtained the citizenship of Nepal at the time of commencement of this Constitution and who are qualified to obtain citizenship in accordance with this Part shall be the citizens of Nepal.
(2) The following person who has his or her permanent domicile in Nepal at the time of commencement of this Constitution shall be the citizen of Nepal by descent:
(a) a person who has obtained the citizenship of Nepal by descent prior to the commencement of this Constitution,
(b) a person whose father or mother was a citizen of Nepal at his or her birth.
(3) A child of a citizen having obtained the citizenship of Nepal by birth prior to the commencement of Nepal shall, upon attaining majority, acquire the citizenship of Nepal by descent if the child's father and mother both are citizens of Nepal.
(4) Every minor who is found within Nepal and the whereabouts of whose father and mother are not known shall, until the father or the mother of the child is traced, be a citizen of Nepal by descent.
(5) A person who is born in Nepal from a woman who is a citizen of Nepal and has resided in Nepal and whose father is not traced shall be provided with the citizenship of Nepal by descent. 10 Provided that his or her father is held to be a foreign citizen, the citizenship of such person shall be converted into naturalized citizenship as provided for in the Federal law.
(6) A foreign woman who has a matrimonial relationship with a citizen of Nepal may, if she so wishes, acquire the naturalized citizenship of Nepal as provided for in the Federal law.
(7) Notwithstanding anything contained elsewhere in this Article, in the case of a person born from a woman who is a citizen of Nepal and married to a foreign citizen, the person may acquire the naturalized citizenship of Nepal in accordance with the Federal law if he or she has permanently resided in Nepal and has not acquired the citizenship of a foreign country. Provided that if such person's mother and father both are citizens of Nepal at the time of acquisition of citizenship, such person born in Nepal may acquire the citizenship of Nepal by descent.
(8) In the cases other than those mentioned in this Article, the Government of Nepal may, in accordance with the Federal law, grant the naturalized citizenship of Nepal.
(9) The Government of Nepal may, in accordance with the Federal law, grant the honorary citizenship of Nepal.
(10) Whenever any territory is acquired by way of merger into Nepal, a person having his or her domicile in such territory shall become a citizen of Nepal, subject to the Federal law.
Community Notice
Please ensure your comments comply with the Constitution of Nepal 2015.
You are welcome to share opinions, criticism, and suggestions for amendments. However, content that promotes violence, hatred, misinformation, or threatens national unity may be removed and could lead to legal action.
By posting, you agree to follow applicable laws and maintain respectful discussion.
No discussions yet. Be the first to comment!
No amendment proposals yet.