Article 77 0 0 0 0

प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अव

Vacation of office of Prime Minister and Minister

Share
Nepali

था :

(१) देहायको कुनै अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुनेछ :–

(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,

(ख) धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,

(ग) निज प्रतिनिधि सभाको सदस्य नरहेमा,

(घ) निजको मृत्यु भएमा ।

(२) देहायको कुनै अवस्थामा मन्त्रीको पद रिक्त हुनेछ :–

(क) निजले प्रधानमन्त्री समक्ष लिखित राजीनामा दिएमा,

(ख) प्रधानमन्त्रीले निजलाई पदमुक्त गरेमा,

(ग) उपधारा

(१) को खण्ड

(क),

(ख) वा

(ग) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा,

(घ) निजको मृत्यु भएमा ।

(३) उपधारा

(१) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ । तर प्रधानमन्त्रीको मृत्यु भएमा अर्को प्रधानमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ ।

English

(1) The office of the Prime Minister shall be vacant in any of the following circumstances:

(a) if he or she tenders resignation in writing to the President,

(b) if a vote of confidence is not passed or a vote of no-confidence is passed against him or her under Article 100,

(c) if he or she ceases to be a member of the House of Representatives,

(d) if he or she dies.

(2) The office of a Minister shall be vacant in any of the following circumstances:

(a) if he or she tenders resignation in writing to the Prime Minister,

(b) if the Prime Minister removes him or her from office,

(c) if the office of Prime Minister falls vacant under sub-clause

(a),

(b) or

(c) of clause

(1),

(d) if he or she dies. 56

(3) If the office of Prime Minister falls vacant under clause

(1), the same Council of Ministers shall continue to act until another Council of Ministers is constituted. Provided that if the Prime Minister dies, the senior-most Minister shall act as the Prime Minister until a new Prime Minister is appointed.

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app