Nepali

(१) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको कुनै अंश पेश्कीका रूपमा प्रदेश ऐन बमोजिम खर्च गर्न सकिनेछ ।

(२) धारा २०७ बमोजिम राजस्व र व्ययको अनुमान पेश नगरिएसम्म पेश्की खर्च विधेयक प्रस्तुत गरिने छैन र पेश्कीको रकम आर्थिक वर्षको व्यय अनुमानको एक तिहाइ भन्दा बढी हुने छैन ।

(३) प्रदेश पेश्की खर्च ऐन बमोजिम खर्च भएको रकम प्रदेश विनियोजन विधेयकमा समावेश गरिनेछ ।

English

(1) Notwithstanding anything contained elsewhere in this Part, a portion of the expenditure estimated for the financial year may, when a State Appropriation Bill is under consideration, be incurred in advance under a State Act.

(2) A Vote on Account Bill shall not be introduced until the estimates of revenues and expenditures have been laid in accordance with Article 207, and the sums involved in the Vote on Account shall not exceed one-third of the estimate of expenditures for the financial year.

(3) The expenditures incurred in accordance with the State Vote on Account Act shall be included in the State Appropriation Bill. 132

Public support
0 0

No discussions yet. Be the first to comment!

No amendment proposals yet.

Get the app