फिब्वः ख्यः / माइतीघर मौन निषेधित क्षेत्र!
The Issue
आगो लगाउला, लुटपाट हुन्छ कि, कुटपिट, तोडफोड, ढुङ्गामुढा गर्ला की भनेर, स्थानीय बासिन्दा चिन्तित छ । पैला नि भएको छ।
आन्दोलनको कारण फिब्वः ख्यः /माइतीघर फोर हुन्छ, ४ लेनबाट २ लेनमा मोड्दा/ आउदा गाडीहरूको जाम बन्छ, ठुलो स्पिकर (Speaker)ले गर्दा ध्वनि प्रदूषण हुन्छ, व्यापार- व्यवसायहरू बस्न खोज्दैन, प्रदर्शनमा आएको मान्छेहरू अनुमति बिना घरमा शौचालय (toilet) खोजें भन्दै पस्छन्, असभ्य व्यवहार, बोलि प्रयोग गर्छन, दिसा-पिसाब जताततै गर्छन, गाडी पार्किङ गरेर फुटपाथ अवरुद्ध गरीरा हुन्छन्।
राम्रो शिक्षा दीक्षाको लागि प्रसिद्धि महाविद्यालय (St. Xaver Collage र Thapathali Campus)हरू छ तर आन्दोलनले गर्दा विद्यार्थीको पढाई लेखाइमा असर परीराछ। सो स्थानमा आन्दोलनले गर्दा अस्पताल (Annapurna Neurological Institue and Allied Sciences)मा भएका बिरामीलाई अनुपयुक्त वातावरण सिर्जना भएकोछ र स्वास्थ्य लाभमा नराम्रो असर पराछ। सधैँ आन्दोलनले गर्दा स्थानीय बासिन्दालाई टाउको दुख्ने, झनक रिस उठ्ने, किच-किच हुने, तनाव जस्ता अवस्था र समस्या भैराछ। फिब्वः ख्यः/ माइतीघर, मौन क्षेत्र घोषणा (Silent Zone) हुनुपर्ने हो! तर यो स्थानलाई आन्दोलन केन्द्र बनाएको छ। बाटो गाडी गुड्न बनाएको हो! प्रदर्शन गर्न को लागि है न।
आगामी दिनमा स्थिति झन् खराब हुनसक्ने सम्भावना छ, तसर्थ अब निषेधित क्षेत्र घोषणा गर्न पहल गरुम र फिब्वःख्यः / माइतीघरमा आन्दोलन, विरोध प्रदर्शन गर्न नदिनु। सुरक्षा, जन-धनको रक्षाको लागि, शान्ति कायम राख्नको लागि फिब्वःख्यः/ माइतीघरलाई सधैंको लागि निषेधित क्षेत्र घोषणा गर्नु पर्छ। यो मेरो मात्र माग है न, फिब्वःख्यः/ माइतीघरमा बस्ने सम्पूर्ण स्थानीय बासिन्दाको माग हो! फिब्वःख्यः/ माइतीघरको बाटो उपयोग सम्पूर्ण जनताको माग हो। फिब्वः ख्यः /माइतीघर निषेधित क्षेत्र बन्दा सम्पूर्ण उपत्यका बासिन्दालाई सहयोग र सहज हुने छ।