कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर सरकार

Ujjwal Khanal 21 Mar, 2026 487 0
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर सरकार

The Issue

हामी यस निवेदनमार्फत भदौ २३ र २४ मा घटेका दुःखद घटनाका पीडितहरूलाई न्याय दिलाउन गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं। उक्त घटनाको छानबिन गर्न गठन गरिएको कार्की आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सो प्रतिवेदन सार्वजनिक गरिएको छैन, जसले जनतामा विभिन्न शंका र अन्योल उत्पन्न गरिरहेको छ। लोकतान्त्रिक व्यवस्थामा पारदर्शिता, उत्तरदायित्व र न्यायको सुनिश्चितता अत्यन्त आवश्यक हुन्छ। कुनै पनि घटनामा सत्य तथ्य लुकाइराख्नु वा ढिलाइ गर्नु पीडितहरूका लागि अन्याय मात्र होइन, समग्र न्याय प्रणालीप्रतिको विश्वास कमजोर बनाउने कार्य पनि हो। त्यसैले, हामी निम्न मागहरू राख्दछौं: कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्। प्रतिवेदनमा उल्लेखित षीहरूमाथि निष्पक्ष र कडा कारबाही गरियोस्। पीडित तथा उनका परिवारलाई न्याय, क्षतिपूर्ति र आवश्यक सहयोग उपलब्ध गरियोस्। भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन प्रभावकारी नीतिगत तथा संरचनात्मक सुधार गरियोस्। हामी विश्वास गर्छौं कि सरकार यस विषयमा गम्भीर भई आवश्यक कदम चाल्नेछ र पीडितहरूलाई न्याय दिलाउनेछ। “कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, सरकार!”

Add your voice — sign this petition

5 has supported. Let's make it 1,000.

5
Supports
1,000
Next goal

Once it reaches its goal, it will be forwarded to the respective government body.

Bikas. supported · 2 months ago
Ends May 31, 2026
Ended

Share

Sign in to support this petition

Sign In

Recent supporters

j
janak Kafle
2 months ago
Deevyam Shah
2 months ago
S
Saksham Shrestha
2 months ago
Ujjwal Khanal
2 months ago
Sign in to support
Sign In
Get the app