Search Constitution
Constitution as the fundamental law
(१) यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ । (२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ ।
(1) This Constitution is the fundamental law of Nepal. Any law inconsistent with this Constitution shall, to the extent of such inconsistency, be void. (2) It shall be the duty of every person to observe this Constitution.
Sovereignty and state authority
नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।
The sovereignty and state authority of Nepal shall be vested in the Nepalese people. It shall be exercised in accordance with the provisions set forth in this Constitution.
Nation
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।
All the Nepalese people, with multiethnic, multilingual, multi-religious, multicultural characteristics and in geographical diversities, and having common aspirations and being united by a bond of allegiance to national independence, territorial inte...
State of Nepal
(१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । स्पष्टीकरण : यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संर...
(1) Nepal is an independent, indivisible, sovereign, secular, inclusive, democratic, socialism-oriented, federal democratic republican state. Explanation: For the purposes of this Article, "secular" means religious, cultural freedoms, including prote...
National interest
(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् । (२) राष्ट्र हित प्रतिकूलको आचरण र कार्य सं...
(1) Safeguarding of the freedom, sovereignty, territorial integrity, nationality, independence and dignity of Nepal, the rights of the 8 Nepalese people, border security, economic wellbeing and prosperity shall be the basic elements of the national i...
Languages of the nation
नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।
All languages spoken as the mother tongues in Nepal are the languages of the nation.
Official language
(१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण...
(1) The Nepali language in the Devnagari script shall be the official language of Nepal. (2) A State may, by a State law, determine one or more than one languages of the nation spoken by a majority of people within the State as its official language(...
National flag
(१) सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो । (२) नेप...
(1) The national flag of Nepal consists of two juxtaposed triangular figures with a crimson-coloured base and deep blue borders, there being a white emblem of the crescent moon with eight rays visible out of sixteen in the upper part and a white embl...
National anthem etc
(१) नेपालको राष्ट्रिय गान अनुसूची–२ मा उल्लेख भए बमोजिम हुनेछ । (२) नेपालको निशान छाप अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ । (३) नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ ।
(1) The national anthem of Nepal shall be as set forth in Schedule-2. (2) The coat-of-arms of Nepal shall be as set forth in Schedule-3. (3) The Rhododendron Arboreum shall be the national flower, Crimson Colour shall be the national colour, the Cow...
Not to deprive of citizenship
(१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन । (२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ ।
(1) No citizen of Nepal may be deprived of the right to obtain citizenship. (2) There is a provision of single federal citizenship with State identity in Nepal.
To be citizens of Nepal
(१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् । (२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको ना...
(1) The persons who have obtained the citizenship of Nepal at the time of commencement of this Constitution and who are qualified to obtain citizenship in accordance with this Part shall be the citizens of Nepal. (2) The following person who has his...
Citizenship with identity of descent and gender
यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।
A person who obtains the citizenship of Nepal by descent in accordance with this Constitution may obtain a certificate of citizenship of Nepal with gender identity by the name of his or her mother or father. 11
Acquisition, reacquisition and termination of citizenship
प्राप्ति र समाप्ति : नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
Other matters relating to the acquisition, reacquisition and termination of citizenship shall be as provided for in the Federal law.
Power to grant non-resident Nepalese citizenship
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको...
The non-residential citizenship of Nepal may be so granted to a person who has acquired the citizenship of a foreign country, has resided in a country other than a member state of the South Asian Association for Regional Cooperation, and who or whose...
Other provisions relating to citizenship of Nepal
था : नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
Other matters relating to the maintenance of records setting out the identity of every citizen of Nepal and the citizenship of Nepal shall be as provided for in the Federal law. 12
Right to live with dignity
(१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । (२) कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन ।
(1) Every person shall have the right to live with dignity. (2) No law shall be made providing for the death penalty to any one.
Right to freedom
वतन्त्रताको हक : (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन । (२) प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ :– (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, (ग...
(1) No person shall be deprived of his or her personal liberty except in accordance with law. (2) Every citizen shall have the following freedoms: (a) freedom of opinion and expression, (b) freedom to assemble peaceably and without arms, (c) freedom...
Right to equality
(१) सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । (२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस...
(1) All citizens shall be equal before law. No person shall be denied the equal protection of law. (2) No discrimination shall be made in the application of general laws on grounds of origin, religion, race, caste, tribe, sex, physical condition, con...
Right to communication
(१) विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन । तर नेपालको सार्व...
(1) No publication and broadcasting or dissemination or printing of any news item, editorial, feature article or other reading, audio and audio-visual material through any means whatsoever including electronic publication, broadcasting and printing s...
Rights relating to justice
(१) कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन । (२) पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ । त्यस्तो व्यक्तिले...
(1) No person shall be detained in custody without informing him or her of the ground for his or her arrest. (2) Any person who is arrested shall have the right to consult a legal practitioner of his or her choice from the time of such arrest and to...