Found 308 results
Article 21 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
अपराध पीडितको हक

Right of victim of crime

(१) अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ । (२) अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ ।

(1) A victim of crime shall have the right to get information about the investigation and proceedings of a case in which he or she is the victim. (2) A victim of crime shall have the right to justice including social rehabilitation and compensation i...

Article 22 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
यातना विरुद्धको हक

Right against torture

(१) पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन । (२) उपधारा (१) बमोजिमको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो व्यवहारबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्त...

(1) No person who is arrested or detained shall be subjected to physical or mental torture or to cruel, inhuman or degrading treatment. (2) Any act mentioned in clause (1) shall be punishable by law, and any person who is the victim of such treatment...

Article 23 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
निवारक नजरबन्द विरुद्धको हक

Right against preventive detention

(१) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निवारक नजरबन्दमा राखिने छैन । (२) उपधारा (१) बमोजिम निवारक नजरबन्दमा रहेको व्यक्तिका स्थितिको बारेमा निजको परिवारका सदस्य वा नजि...

(1) No person shall be held under preventive detention unless there is a sufficient ground of the existence of an immediate threat to the sovereignty, territorial integrity or public peace and order of Nepal. (2) Information about the situation of a...

Article 24 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
छुवाछूत तथा भेदभाव विरुद्धको हक

Right against untouchability and discrimination

(१) कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन । (२) कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, स...

(1) No person shall be subjected to any form of untouchability or discrimination in any private and public places on grounds of his or her origin, caste, tribe, community, profession, occupation or physical condition. (2) In producing or distributing...

Article 25 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
सम्पत्तिको हक

Right relating to property

(१) प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ । तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतिशील करको मान्यता अनुरूप व्यक्तिको आयमा...

(1) Every citizen shall, subject to law, have the right to acquire, own, sell, dispose, acquire business profits from, and otherwise deal with, property. Provided that the State may levy tax on property of a person, and tax on income of a person in a...

Article 26 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
धार्मिक

Right to freedom of religion

वतन्त्रताको हक : (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । (२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स...

(1) Every person who has faith in religion shall have the freedom to profess, practice and protect his or her religion according to his or her conviction. (2) Every religious denomination shall have the right to operate and protect its religious site...

Article 27 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
सूचनाको हक

Right to information

प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।

Every citizen shall have the right to demand and receive information on any matter of his or her interest or of public interest. Provided that no one shall be compelled to provide information on any matter of which confidentiality must be maintained...

Article 28 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
गोपनीयताको हक

Right to privacy

कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।

The privacy of any person, his or her residence, property, document, data, correspondence and matters relating to his or her character shall, except in accordance with law, be inviolable.

Article 29 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
शोषण विरुद्धको हक

Right against exploitation

(१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ । (२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन । (३) कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन । (४) कसैलाई पनि निजको इच...

(1) Every person shall have the right against exploitation. (2) No person shall be exploited in any manner on the grounds of religion, custom, tradition, usage, practice or on any other grounds. (3) No one shall be subjected to trafficking nor shall...

Article 30 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties

Right to clean environment

वच्छ वातावरणको हक : (१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । (२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । (३) राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र...

(1) Every citizen shall have the right to live in a clean and healthy environment. (2) The victim shall have the right to obtain compensation, in accordance with law, for any injury caused from environmental pollution or degradation. (3) This Article...

Article 31 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
शिक्षा सम्बन्धी हक

Right relating to education

(१) प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ । (२) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ । (३) अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजि...

(1) Every citizen shall have the right of access to basic education. 22 (2) Every citizen shall have the right to get compulsory and free education up to the basic level and free education up to the secondary level from the State. (3) The citizens wi...

Article 32 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
भाषा तथा सं

Right to language and culture

कृतिको हक : (१) प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ । (२) प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ । (३) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृत...

(1) Every person and community shall have the right to use their languages. (2) Every person and community shall have the right to participate in the cultural life of their communities. (3) Every Nepalese community residing in Nepal shall have the ri...

Article 33 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
रोजगारीको हक

Right to employment

(१) प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिम हुनेछ । (२) प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।

(1) Every citizen shall have the right to employment. The terms and conditions of employment, and unemployment benefit shall be as provided for in the Federal law. (2) Every citizen shall have the right to choose employment.

Article 34 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
श्रमका े हक

Right to labour

(१) प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ । स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि “श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनु पर्छ । (२) प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा त...

(1) Every labourer shall have the right to practice appropriate labour. 23 Explanation: For the purposes of this Article, "labourer" means a labourer or worker who does physical or mental work for an employer in consideration for remuneration. (2) Ev...

Article 35 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties

Right relating to health

वास्थ्य सम्बन्धी हक : (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।...

(1) Every citizen shall have the right to free basic health services from the State, and no one shall be deprived of emergency health services. (2) Every person shall have the right to get information about his or her medical treatment. (3) Every cit...

Article 36 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
खाद्य सम्बन्धी हक

Right relating to food

(१) प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ । (२) प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ । (३) प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।

(1) Every citizen shall have the right relating to food. (2) Every citizen shall have the right to be safe from the state of being in danger of life from the scarcity of food. (3) Every citizen shall have the right to food sovereignty in accordance w...

Article 37 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
आवासको हक

Right to housing

(१) प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ । (२) कानून बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन ।

(1) Every citizen shall have the right to an appropriate housing. (2) No citizen shall be evicted from the residence owned by him or her nor shall his or her residence be infringed except in accordance with law.

Article 38 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
महिलाको हक

Rights of women

(१) प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ । (२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ । (३) महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य,...

(1) Every woman shall have equal lineage right without gender based discrimination. 24 (2) Every woman shall have the right to safe motherhood and reproductive health. (3) No woman shall be subjected to physical, mental, sexual, psychological or othe...

Article 39 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
बालबालिकाको हक

Rights of the child

(१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ । (२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ । (३) प्रत्येक बालबालिकाल...

(1) Every child shall have the right to name and birth registration along with his or her identity. (2) Every child shall have the right to education, health, maintenance, proper care, sports, entertainment and overall personality development from th...

Article 40 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
दलितको हक

Rights of Dalit

(१) राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ । (२) दलित विद्यार...

(1) The Dalit shall have the right to participate in all bodies of the State on the basis of the principle of proportional inclusion. Special provision shall be made by law for the empowerment, representation and participation of the Dalit community...

Get the app