Found 308 results
Article 101 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
महाभियोग

Impeachment

(१) यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल...

(1) One fourth of the total number of the then members of the House of Representatives may move a motion of impeachment against the President or Vice-President on the ground of serious violation of this Constitution and the Federal law. If the motion...

Article 102 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
अनधिकार उपि

Penalty for unauthorized presence or voting

थत भएमा वा मतदान गरेमा सजाय : धारा ८८ बमोजिम शपथ नलिएको वा संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति सदस्यको हैसियतले संघीय संसदको कुनै सदन वा त्यसको समितिको बैठकमा उपस्थित भएमा वा मतदान गरेमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी...

If a person who has not taken oath under Article 88 or who is not a member of the Federal Parliament is present or votes in the capacity of member in a meeting of either House of the Federal Parliament or of its committee, the person shall, by order...

Article 103 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
विशेषाधिकार

Privileges

(१) यस संविधानको अधीनमा रही संघीय संसदको दुवै सदनमा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गरिने, थुनामा राखिने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन । (२) यस संविधानको अधीनम...

(1) There shall be full freedom of speech in both Houses of the Federal Parliament; and no member shall be arrested, detained or prosecuted in any court for anything expressed or any vote cast by him or her in the House. (2) Each House of the Federal...

Article 104 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
कार्य सञ्चालन विधि

Procedures relating to conduct of business

(१) संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कारबाही र कुनै सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउनेछ । त्यसरी नियमावली नबनेसम्म संघीय संसदले आफ्नो कार्यविधि आफैं नियमित गर्...

(1) Each House of the Federal Parliament shall frame rules to conduct its business, maintain order during its meetings and regulate the constitution, functions and procedures of the committees and procedures of the House or its committee. Until such...

Article 105 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
बहसमा बन्देज

Restriction on discussion

नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाध...

No discussion shall be held in either House of the Federal Parliament on any matters that may cause adverse effect on the dispensation of justice on any cases which are sub judice in any courts of Nepal and on any judicial acts done by Judges in the...

Article 106 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
संघीय संसदको महासचिव र सचिव

Secretary General and Secretary of Federal Parliament

(१) राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ । (२) संघीय संसदको महास...

(1) The President shall appoint the Secretary General of the House of Representatives on recommendation of both the Speaker of the House of Representatives and the Chairperson of the National Assembly, the Secretary of the House of 73 Representatives...

Article 107 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
संघीय संसदको सचिवालय

Secretariat of Federal Parliament

संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहनेछ । त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

There shall be a Secretariat for conducting and managing the business of the Federal Parliament. The establishment of such Secretariat and other matters related thereto shall be as provided for in the Federal law.

Article 108 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
पारिश्रमिक

Remuneration

प्रतिनिधि सभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, समितिका सभापति तथा संघीय संसदका सदस्यहरूको पारिश्रमिक र सुविधा संघीय कानून बमोजिम हुनेछ । त्यस्तो कानून नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

The remuneration and facilities of the Speaker and the Deputy Speaker of the House of Representatives, the Chairperson and the Vice- Chairperson of the National Assembly, chairpersons of the committees and members of the Federal Parliament shall be a...

Article 109 Part 9: संघीय व्यवस्थापन कार्यविधि — Federal Legislative Procedures
संघीय संसदको व्यव

Legislative powers of Federal Parliament

थापिकीय अधिकार : संघीय संसदको व्यवस्थापिकीय अधिकार अनुसूची–५, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

The legislative powers of the Federal Parliament shall be as enumerated in the lists of Schedule-5, Schedule- 7 and Schedule-9.

Article 110 Part 9: संघीय व्यवस्थापन कार्यविधि — Federal Legislative Procedures
विधेयक प्र

Procedures for introduction of Bills

तुत गर्ने विधि : (१) यस संविधानको अधीनमा रही संघीय संसदको कुनै पनि सदनमा विधेयक प्रस्तुत गर्न सकिनेछ । तर अर्थ विधेयक प्रतिनिधि सभामा मात्र प्रस्तुत गरिनेछ । (२) अर्थ विधेयक, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल लगायत सुरक्षा निकायसँ...

(1) A Bill may, subject to this Constitution, be introduced in any House of the Federal Parliament. Provided that a Money Bill shall be introduced only in the House of Representatives. (2) A Money Bill and a Bill concerning a security body including...

Article 111 Part 9: संघीय व्यवस्थापन कार्यविधि — Federal Legislative Procedures
विधेयक पारित गर्ने विधि

Procedures for passage of Bills

(१) संघीय संसदको एउटा सदनले पारित गरेको विधेयक यथाशीघ्र अर्को सदनमा पठाइनेछ र सो सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिनेछ । (२) प्रतिनिधि सभाले पारित गरेको अर्थ विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले सो विधेयकमा छलफल...

(1) A Bill passed by one House of the Federal Parliament shall be transmitted to the other House as soon as possible and such Bill, if passed by the receiving House, shall be presented to the President for assent. (2) A Money Bill passed by the House...

Article 112 Part 9: संघीय व्यवस्थापन कार्यविधि — Federal Legislative Procedures
विधेयक फिर्ता लिने

Withdrawal of Bills

विधेयक प्रस्तुतकर्ताले सदनको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।

One who has introduced a Bill may, with the approval of the House, withdraw the Bill.

Article 113 Part 9: संघीय व्यवस्थापन कार्यविधि — Federal Legislative Procedures
विधेयकमा प्रमाणीकरण

Assent on Bills

(१) धारा १११ बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेश गर्नु पर्नेछ । तर अर्थ विधेयकका हकमा अर्थ विधेयक हो भनी सभामुखले प्रमाणित गर्नु पर्नेछ । (२) यस धारा बमोजिम प्रमाणीकरणका...

(1) A Bill which is to be submitted to the President for assent under Article 111 shall be so submitted by the Speaker or the Chairperson of the House in which the Bill originated after it has been certified by him or her. Provided that in the case o...

Article 114 Part 9: संघीय व्यवस्थापन कार्यविधि — Federal Legislative Procedures
अध्यादेश

Provisions relating to Ordinance

(१) संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ । (२) उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ । तर त्यस्तो प्रत्ये...

(1) If, at any time, except when both Houses of the Federal Parliament are in session, circumstances exist which render it necessary to take immediate action, the President may, on recommendation of the Council of Ministers, promulgate an Ordinance....

Article 115 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
कर लगाउन वा ऋण लिन नपाइने

No tax to be levied or loan to be raised

(१) कानून बमोजिम बाहेक कुनै कर लगाइने र उठाइने छैन । (२) संघीय कानून बमोजिम बाहेक नेपाल सरकारले कुनै ऋण लिने र जमानत दिने छैन ।

(1) No tax shall be levied and collected except in accordance with law. (2) No loan shall be raised and guarantee given by the Government of Nepal except as provided for in the Federal law.

Article 116 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
संघीय सञ्चित कोष

Federal Consolidated Fund

गुठी रकम बाहेक नेपाल सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, ऐनको अधिकार अन्तर्गत दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त भएको सबै धन र नेपाल सरकारलाई प्राप्त हुने अन्य जुनसुकै रकम संघीय ऐनद्वारा अर्को कुनै व्यवस्था...

Except for the revenues of trusts (Guthi), all revenues received by the Government of Nepal, all loans raised on the security of revenues, all amounts received in repayment of any loans made under the authority of any Act and any other moneys receive...

Article 117 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
संघीय सञ्चित कोष वा संघीय सरकारी कोषबाट व्यय

Expenditures from Consolidated Fund or Government Fund

देहाय बमोजिमका रकम बाहेक संघीय सञ्चित कोष वा अन्य कुनै संघीय सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैन :– (क) संघीय सञ्चित कोषमाथि व्ययभार भएको रकम, (ख) संघीय विनियोजन ऐन बमोजिम खर्च हुने रकम, (ग) विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा पेश्कीको रूपमा...

No expenditure shall be incurred out of the Federal Consolidated Fund or any other Federal Government Fund except the following: (a) moneys charged on the Federal Consolidated Fund, (b) moneys required to meet the expenditure under a Federal Appropri...

Article 118 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
संघीय सञ्चित कोषमाथि व्ययभार

Expenditures chargeable on Federal Consolidated Fund

देहायका विषयसँग सम्बन्धित खर्च संघीय सञ्चित कोषमाथि व्ययभार हुनेछ र त्यस्तो व्ययका लागि संघीय संसदको स्वीकृति आवश्यक पर्ने छैन :– (क) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाको रकम, (ख) नेपालको प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र...

The expenditures relating to the following matters shall be charged on the Federal Consolidated Fund, and approval of the Federal Parliament shall not be required for such expenditures: (a) the amount required as remuneration and facilities of the Pr...

Article 119 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
राज

Estimates of revenues and expenditures

व र व्ययको अनुमान : (१) नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा देहायका विषयहरू समेत खुलाई वार्षिक अनुमान पेश गर्नु पर्नेछ :– (क) राजस्वको अनुमान, (ख) संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्य...

(1) The Minister for Finance of the Government of Nepal shall, in respect of every financial year, lay before the joint sitting of both Houses of the Federal Parliament an annual estimate setting out, inter alia, the following matters: (a) an estimat...

Article 120 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
विनियोजन ऐन

Appropriation Act

विनियोजन ऐन बमोजिम व्यय हुने रकम सम्बन्धित शीर्षकमा उल्लेख गरी विनियोजन विधेयकमा राखिनेछ ।

The moneys to be spent under an Appropriation Act shall be specified under concerned heads in an Appropriation Bill.

Get the app